१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

आर्थिक समृद्धिको मुद्दा सडकबाट उठाउँछौँ: उपप्रधानमन्त्री थापा

२३ माघ २०७४, मंगलवार १२:२४

माघ २३, दोलखा | नेपाल सरकारका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले जनताको आर्थिक समृद्धिको मुद्दा अब सडकबाट उठ्ने बताउनुभएको छ । 

स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनमा जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडकमा पु¥याएकाले अबका दिनमा सडकबाटै जनताका एजेण्डा स्थापित गराउने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव नजिकिँदै गर्दा पार्टीमा आएको फुट, देशी–विदेशी शक्तिको चलखेल, नेपाली काँग्रेससँग मिलेर चुनावमा जानु र आफ्ना उम्मेदवार कम स्थानमा उठाएका कारण चुनावमा नराम्रो पराजय बेहोर्नु परेको हो ।” 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षणका लागि दोलखाको सदरमुकाम चरिकोट आउनुभएका ऊर्जामन्त्री थापाले वर्तमान सरकारको आयु फागुनको दोस्रो सातासम्म रहेको बताउनुभयो । थापाले भन्नुभयोे, “देश समृद्धिको कडी जलविद्युत् क्षेत्र रहेकाले माथिल्लो तामाकोशीको निरीक्षण गर्न आएको हुँ ।” 

राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले भ्रष्टाचार र बेथितिविरुद्ध सडकबाटै खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह