2026-07-26 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आईडलको पाँचौ अडिसन शनिबार, जजमेनमा पार्बती राई

चिसाङ शेर्पा/माघ २४, खोटाङ । खोटाङ आईडलको पाँचौ अडिसन शनिबार हुंदैछ । जिल्लाभित्रका कुनाकाप्चामा लुकेर रहेका प्रतिभालाई बाहिर उजागर गर्दै सञ्चालित आईडलको पाँचौ लोकपप अडिसन जिल्ला समन्वय समितिको समिक्षालयमा हुनेछ । 

जिल्लामा सर्वाधिक चर्चामा रहेको बृहत सांगितिक रियालिटी शो खोटाङ आईडलको लोकपप राउण्डका लागि १७ जना नव गायक गायिका रहेका छन् । 

उनीहरु चौथो चरणको लोक आधुनिक राउण्ड पार गरेर अगाडी आएका हुन् ।

गएको मंसिर २३ गते साकेला गाउँपालिका रतन्छाबाट शुरु भएको आईडलको चौथो चरणसम्मको अडिसन पार गरेका १७ जना प्रर्तिस्पर्धीहरु शनिबार टपटेनका लागि घम्साघम्सी गर्दैछन् । 

अमिता राई, कञ्चन राई, केदार अनुरागी, पर्शुराम गजमेर, राजन गिरी, रोहित चाम्लिङ, रोशन लिङदेन, रुपेश राई, सिर्जना राई, सुजता परियार, सुमन राई, तेज राई, उमेश राई, युवाराज राई, ईशारा चेली राई, दिपा राई र संगम राईले आ–आफ्नो प्रतिभा देखाउँदै एकअर्कालाई उछिन्ने दाउँमा छन् । 

‘गला र संगीतको पहिचान नवप्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने मुलमन्त्रका साथमा आयोजित आईडलमा निखारिएका दशजना गायक तथा गायिकालाई पांचौ अडिसनबाट अगाडी लगिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । १७ जनामा ७ जना फालिने र टपटेनलाई सोही दिन भोटिङ कोड बितरण गरिने संयोजक राईले बताए ।

पाँचौ अडिसनका लागि गायिका पार्बती राई, हेम बिक्रम राई र भलकाजी राई निर्णायकमा रहने आयोजक परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीले जनाएको छ । 

रियालिटी शोका विजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

को हुन पार्बती राई

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा छापगाउँमा २०३४ सालमा जन्मनु भएका सुरिलो कोकिलकण्ठकी धनी हुन् पार्बती राई । २०४८ सालमा चम्पावती उच्च मावि बुईपाबाट प्रबेशिका परिक्षा पास गरेका गायिका राई खोटाङ जिल्लाको चिनारी र राष्ट्रका गहना हुन् । 

२०५६ सालमा दिक्तेल बहुमुखी क्याम्पसबाट ब्याचलर अध्ययन सकेका उनले २०५७ सालमा तत्कालिन रतन्छा हाल साकेला गाउँपालिका–३ रतन्छामा विवाह बन्धनमा बाधिएका थिए । बैवाहिक बन्धनमा बाँधिएपछी उच्च शिक्षा र संगीतमा रुचि भएका गायिका राईले राजधानीमा अध्ययनसँगै गुरुदेब कामदकहाँ औपचारिक संगीत सिकेका हुन् ।

‘नेपालै जाने नेपाली दाजु’ गीतबाट नेपाली संगीतनगरीमा पर्दापर्ण गरेका गायिक राईले २०६० सालमा ‘खोटाङ हलेसी’ नामक पहिलो सोलो एल्बम निकालेका थिए । 

उक्त एल्बमको ‘खोटाङ हलेसी छुट्नै मन लाग्दैन हो तिम्लाई भेटेपछी’ गीतबाट एकाएक चर्चामा आएका उनको तिर्सना, मेरो देउता, संगसँगै र किरात मुन्धुममा आधारित रिसिया जस्ता एल्बम बजारमा आईसकेको छ ।  

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ