२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

अस्पतालमा प्रभावकारी सेवा सञ्चालन गर्न दबाब दिदै नेबिसद्वारा ज्ञापनपत्र

२५ माघ २०७४, बिहीबार ०६:४८

माघ २५, बारा | कलैया अस्पतालमा सेवा सञ्चालन गर्नका लागि नेपाल विद्यार्थी संघ, बारा र केन्द्रीय समितिले संयुक्तरुपमा जिल्ला अस्पतालका मेसु अनुपमाकुमारी यादवलाई बुधबार एक ज्ञापनपत्र बुझाएका छन् । 

नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री राजेश रौनियारको नेतृत्वमा गएको टोलीले सो ज्ञापनपत्र बुझाएको छ । केही महिनादेखि अस्पतालमा सेवाग्राहीले प्रभावकारी रुपमा सेवा पाई नरहेको अवस्थालाई मध्यनजर गर्दै सेवा सञ्चालनका लागि दबाब सृजना होस् भन्ने उद्देश्यसहित सो ज्ञापनपत्र बुझाइएको सहमहामन्त्री रौनियारले भन्नुभयो । 

अस्पतालमा औषधि अभाव, प्रयोगशालामा केमिकल अभाव, ठूलो साइजको एक्स–रेको फिल्म अभावका कारण सेवाग्राहीले सो पाउन सकेका छैनन् । अस्पतालमा अभाव रहेका सामान तथा चाँडै पूर्ति गरी जनतालाई छिटो र छरितो सेवा उपलब्ध गराउन सरोकारवालाको ध्यान जाओस् सो ज्ञापनपत्रमा भनिएको छ । 

जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कोही कसैलाई नरहेको हँुदा अस्पतालमा कार्यरत सबैले आफ्नो पदीय दायित्वअनुसार कामकाज अगाडि बढाई निष्ठापूर्वक सेवा प्रवाह गर्नेतिर लाग्नका लागि ज्ञापनपत्रमार्फत आग्रहसमेत गरेका छन् । 

अस्पताल जस्तो संस्थामा कोही कसैबाट राजनीति नहुनु नै राम्रो भएको हँुदा कर्मचारी राजनीतिबाट टाढा नै बस्नुपर्ने जरुरी रहेको नेविसंघद्वारा बुझाइएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

कुनै पनि बहानाबाट सेवालाई अवरोध गरिए त्यसमा नेविसंघ चुप लागेर नबस्ने विज्ञप्तिमा भनिएको छ । मागप्रति सुनवाइ नभए आन्दोलनमा जान बाध्य हुने र त्यसबाट सृजित समस्याको भागिदार स्वयम् अस्पतालका प्रमुख हुने ज्ञापनपत्रमा भनिएको छ । 

नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री राजेश रौनियार, बारा जिल्लाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र यादव, जिल्ला सहसचिव हरिओम साह, सदस्यहरु विनयराज शर्मा र प्रवीण पटेलले हस्ताक्षर गरेको सो ज्ञापनपत्रको बोधार्थ नेविसंघको केन्द्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय, बारा र कलैया उपमहानगरपालिकाको कार्यालयलाई दिइएको सहमहामन्त्री रौनियारले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान