२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

स्वास्थ्य बीमा सञ्चालन गर्न अस्पताललाई व्यवस्थित गरिनुपर्छ: पूर्व स्वास्थ्य मन्त्री

२५ माघ २०७४, बिहीबार ०७:३७

माघ २५, महोत्तरी | स्वास्थ्य बीमा सञ्चालन गर्नका लागि अस्पताललाई व्यवस्थित गरिनु आवश्यक रहेको पूर्व स्वस्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ । 

आज महोत्तरीको बर्दिबासमा जिल्लाको स्वास्थ्य बीमा दर्ता कार्यक्रमको शुभारम्भ गर्दै माओवादी केन्द्रका नेतासमेत रहनुभएका पूर्वमन्त्री पोखरेलले अहिले अधिकांश अस्पतालमा पूर्वाधार एवं जनशक्तिको अभाव रहेको सन्दर्भमा देशभरि नै स्थानीय तहद्वारा सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिनका लागि अस्पताललाई व्यवस्थित गरिनुको विकल्प नभएको धारणा राख्नुभयो । 

बर्दिबास नगरपालिका–३ का बासिन्दा रहेका नेता पोखरेलले आफैले बीमा गराएर बीमा कार्यक्रमको शुरुवात गर्नुभएको हो । 

कार्यक्रममा महोत्तरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवले ग्रामीण भेगको सरकारी स्वास्थ्य संस्थालाई व्यवस्थित नगरेसम्म स्वास्थ्य बीमा कार्यक्रमले गरिबलाई फाइदा नपुग्ने विचार राख्नुभयो । 

प्रदेशसभा सदस्य शारदा थापाले बीमा कार्यक्रम प्रभावकारी भए गरिबले रोग पालेर बस्नु पर्ने दिनको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै अर्का प्रदेश सदस्य भरतप्रसाद साहले भन्नुभयो, “सरकारले ल्याएको बीमा कार्यक्रम उद्देश्यअनुसार लागू भए गरिबका लागि कोसेढुंगा सावित हुन्छ ।” 

नेपालको २६औँ जिल्ला महोत्तरीमा स्थानीय सरकारले ‘तपाईं स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नाराका साथ घर घरमा बिहीबारबाट बर्दिबास नगरपालिकाबाट स्वास्थ्य बीमा अभियान सञ्चालनको शुरुवात् गरेकोे स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौँका कार्यकारी निर्देशक डा गुणराज लोहनीले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य