2026-09-12 11:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब दुई पार्टीविचको एकीकरण टार्ने अवस्था छैन: वाम नेता

माघ २६, बर्दिवास । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताले एउटै मञ्चबाट दुवै पार्टीबीच अब एकीकरणलाई टार्ने अवस्था नरहेको बताएका छन् । 

महोत्तरीको बर्दिवासमा बिहीबार बर्दिवास–३ मा सञ्चालित आधारशीला (माओवादी केन्द्रका नेता कार्यकर्ताले स्थापना गरेको सामूहिक कम्युन) को १५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘अक्टुबर क्रान्तिको शतवार्षिकी र नेपाली सन्दर्भ’ विषयक प्रवचन कार्यक्रममा दुवै पार्टीका नेताले एकीकरणविरुद्ध अब दुवै पार्टी जान नसक्ने बताएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बहुदलीय लोकतान्त्रिक पद्धतिबाट आफ्नो श्रेष्ठता हासिल गर्दै नेपालका वामपन्थीले मुलुकको समृद्धि अभियानको नेतृत्व गर्ने बताउनुभयो । एमाले र माओवादी केन्द्र आबद्ध वाम गठबन्धन नेतृत्वको अब चाँडै बन्ने सरकारले मुलुकको स्वाधिनता र समृद्धि अभियानको अगुवाइ गर्ने नेता श्रेष्ठको भनाइ थियो । 

दुवै पार्टीका नेता र नेतृत्वदायी पार्टी कमिटी अहिले एमाले÷माओवादी केन्द्रबीच हुने पार्टी एकीकरणको प्रयत्नमै केन्द्रित रहेका श्रेष्ठको भनाइ थियो । 

कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले समाजवाद, माक्र्सवाद र महान अक्टुबर क्रान्तिको सान्दर्भिकता कायम नै रहेको बताउनुभयो । अक्टुबर क्रान्तिका महान् उपलब्धि सोभियत संघको तत्कालीन सोभियत कम्युनिष्ट पार्टीभित्र ६० को दशकपछि हुर्केको स्वेच्छाचारी नेतृत्वका कारण रक्षा हुन नसकेको ज्ञवालीको भनाइ थियो । 

“लोकतान्त्रिक विधिबाट पार्टी निर्माण र शासन सञ्चालन हुन नसक्दा सोभियत युनियन र पूर्वी युरोपका समाजवादी व्यवस्था ढले” ज्ञवालीले भन्नुभयो–, “तर हामी नेपालका कम्युनिष्ट पार्टी र मुलुकको शासन व्यवस्था लोकतान्त्रिक विधि र पद्धतिबाट सञ्चालन गर्ने कुरामा विश्वास र अभ्यास गरिरहेका छौँ, त्यसैले जनताको बीच छौँ ।” एमाले र माओवादी केन्द्रबीच हुने पार्टी एकीकरणले लोकतान्त्रिक पद्धति, राष्ट्रिय स्वाधिनता र समृद्धिको अभियान अझ मजबुत हुने ज्ञवालीको थप भनाइ थियो । 

समारोहमा माओवादी केन्द्रकै अर्का नेता (केही महिना पहिलेमात्र माओवादी केन्द्रमा एकीकरण भएको तत्कालीन नेकपा–संयुक्तका अध्यक्ष) गणेश साहले अब केही साताभित्रै वाम गठबन्धन नेतृत्वमा बन्ने सरकारले मुलुकको विकास र समृद्धि अभियान अघि बढाउने बताउनुभयो । 

दुवै पार्टीबीच अब एकीकरण हुनुहँुदैन भन्ने कार्यकर्ता अब भेटिन छाडेका बताउँदै उहाँले चाँडै पार्टी एकीकरण हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रम आधारशीलाका अध्यक्ष माधव कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो । 

१५ औँ वार्षिकोत्सव मनाएको आधारशीला माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलसहितका नेताले स्थापना गरेर सञ्चालन गर्दै आउनुभएको कम्युन हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन