२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तामाङ चलचित्र ‘घ्रान’ (कसम) निर्माण हुँदै

२०७४, २६ माघ शुक्रबार ०६:२५

माघ २६, काठमाडौँ  | तामाङ जातिको संस्कृति तथा भाषा संरक्षण गर्ने उद्देश्यले तामाङ भाषामा चलचित्र घ्रान ‘कसम’ निर्माण गरिने भएको छ । 

मोक्तान फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण गरिने चलचित्रले समाजमा प्रजातान्त्रिक प्रणाली विकास गर्ने क्रममा सामन्ति वर्गसँगको संघर्ष, वर्ग संघर्षका क्रममा एउटा परिवारको अभिभावकले ज्यान गुमाउन परेको, त्यसपछि उनका सन्ततिले समाजमा समानता, सामाजिक न्याय र प्रजातन्त्रको स्थापनाका लागि निर्वाह गरेको भूमिकाका बारे कथा समावेश गरिएको छ । 

तामाङ समुदायको संस्कृति र सामाजिक जीवनयापनका कथामा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्र ओखलढुंगाका विभिन्न स्थानमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । 

चलचित्रमा नायक सागर घिसिङ तथा नायिका सुकुमाया मोक्तान हुनुहुन्छ भने कलाकार शम्भु घिसिङ, विकास तामाङ, राम घिसिङ, सुष्मा मोक्तान, सुनिता तामाङ हुनुहुन्छ । उक्त चलचित्र करिब रु २५ लाखको लागतमा निर्माण सम्पन्न गरिने छ । 

बिहीबार यहाँ पत्रकार सम्मेलनमा चलचित्रका लागि निर्माण गरिएको गीत सार्वजनिक गरिएको थियो । कुमार स्याङ्बोको शब्द, निमा दोङको संगीत तथा निर्मला घिसिङ र निमा दोङको स्वर रहेको गीतको बोल ‘सारी आरे मुरी आरे ह्यांला राङ्बा माया’ रहेको थियो । 

चलचित्र निर्देशक नवीन सुब्बाले स्थानीय तहदेखि नै सरकारले स्थानीय भाषाको संरक्षणमा कार्यक्रम गर्नुपर्नेमा जोड दिँदै मुलुकमा सबै समुदायको संस्कृति जगेर्ना गर्न चलचित्र सशक्त माध्यम भएको बताउनुभयो । 

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले तामाङ समुदायको जीवन चक्रमा आधारित रहेर निर्माण गरिएको चलचित्र सबै भाषा भाषीका समुदायले हेर्ने खालको भएमा त्यसको बजार विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

समाजसेवी टीका शेर्पाले नेपालमा रहेका सबै जातजाति र धर्म सम्प्रदायबीचको भाषा, वेशभूषा, संस्कृतिको विकासमा सरकारले लगानी बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

मोक्तान फिल्मस् प्रालिका अध्यक्ष सुकुमाया मोक्तानले विभिन्न मातृभाषाका चलचित्रको विकासमा सरकारले भूमिका निर्वाह गरेमा नेपाली चलचित्र उद्योग सम्पन्न हुने बताउनुभयो । आगामी बुद्ध जयन्तीको अवसरमा चलचित्र प्रदर्शन हुने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति