२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गीतकार खनालको पछिल्लो गीत आमाको सम्झना सार्वजनिक

२६ माघ २०७४, शुक्रबार १०:१३

माघ २६, काठमाडौँ | चर्चित एवं वरिष्ठ गीतकार पुष्पा खनालको नयाँ गीत ‘मैले पुज्ने देव तिमी’ सार्वजनिक भएको छ । 

आफ्नी आमा दमन्ता खनालको सम्झनामा उनले सो गीत आज सार्वजनिक गर्नुभएको हो । “दिवंगत ममतामयी आमाको पुण्यतिथिमा शब्द रचनाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न गीत सार्वजनिक गरेँ”, उहाँले भन्नुभयो । 

“ममतामयी आमालाई गुमाउनु पर्दाको क्षणलाई सम्झेर गीत रचना गरेँ, जीवनमा आमाको कति महत्वपूर्ण हुन्छ, यस पीडालाई गीतका शब्दमा उतार्ने प्रयास गरेको छु, अब सबै आमाहरूमा यो समर्पण गर्न चाहन्छु ।” कुन क्षणमा गीत रचना गर्नुभयो ? प्रश्नको जवाफमा भावुक हुँदै गीतकार खनालले जवाफ फर्काउनुभयो । 

भावुक र मार्मिक सो गीतमा वरिष्ठ सङ्गीतकार लक्ष्मण शेषले सङ्गीत भर्नुभएको छ भने वरिष्ठ गायक बिन्दु परियारले स्वर दिनुभएको छ । “सङ्गीत भर्र्ने क्रममा मलाई पनि मेरो आमाको निरन्तर सम्झना आइरह्यो, यो पीडालाई सङ्गीतमार्फत उतार्न निकै कठिन भयो, जीवन्त रुपमा गीतका शब्दलाई सङ्गीतमा उतार्ने प्रयास गरेको छु । “सङ्गीतकार शेषले सङ्गीत भर्दाका आफ्नो अनुभव सुनाउनुभयो । 

“आमाको वात्सल्यता प्राप्त भइराखेको छ तर आमा नहुँदा पीडा कस्तो हुन्छ भनेर स्वर दिँदा यसले मन र मुटु दुवैलाई चसक्क छोयो” गायक परियारले भन्नुभयो । 

दुई दशकदेखि गीत–सङ्गीत, कविता, कथामार्फत साहित्य सिर्जनामा लागेकी गीतकार खनालका दुईवटा एल्बम प्रतिष्ठा (संयुक्त) र अभिनव (एकल) मार्फत दर्जनभन्दा बढी गीत बजारमा आएका छन् । त्यस्तै उहाँले गीत तथा कविताको सङ्ग्रहित पुस्तक ‘पोखिएँ यसरी’ पनि सार्वजनिक गर्नुभएको छ । 

उसो त पछिल्लो पुस्ताका चर्चित गायिका अञ्जु पन्तको स्वर र सङ्गीतकार गोविन्दमधुर आचार्यले भर्नुभएको उनको चर्चित गीत ‘सुनेँ तिम्रो खुशी त्यतै थियो अरे’ बोलको गीतले गत महिनामा पिआरविटीमार्फत सर्वाधिक रोयल्टी प्राप्त गर्न सफल भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य