२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा सार्वजनिक, कसले कति सिट पाए ?

२०७४, २६ माघ शुक्रबार १२:२३

माघ २६, काठमाडौं ।  निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ । साथै माघ २९ गते साँझ ५ बजेभित्र दलहरूलाई समानुपातिकतर्फ निर्वाचित हुने उम्मेद्वारको नाम सिफारिस गर्न पत्राचार समेत गरेको छ ।

आयोगका अनुसार ४९ दल मध्य पाँचवटा राजनीतिक दलले मात्र समानुपातिकतर्फ सिट प्राप्त गरेका छन् । तीन प्रतिशत वा त्योभन्दा धेरै मत प्राप्त गरेका ५ वटा दलले मात्र सिट प्राप्त गरेका हुन् । समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्दै एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ तथा राजपा र फोरमले ६/६ सिट जितेको जानकारी दिएको हो।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय १० जना सांसद समानुपातिक तर्फबाट चुनिनेछन्। आयोगले एमालेले ४१ मध्ये कम्तिमा ३७ महिलालाई प्रतिनिधि सभामा सिफारिस गर्नुपर्ने जनाएको छ। संविधानले संघीय संसदमा ३३ प्रतिशत सहभागिताका लागि प्रतिनिधिसभाको समानुपातिकबाट क्षतिपूर्तिको व्यवस्था गरेको छ। 

सोही व्यवस्था अनुसार अब कांग्रेसले ४० मध्ये २०, नेकपा माओवादीले १७ मध्ये १६ जना महिला पठाउनुपर्नेछ। राजपाले ६ मध्ये ५ नै तथा संघीय फोरमले ६ मध्ये ५ जना महिला सिफारिस गर्नुपर्ने आयोगले जनाएको छ।

मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम आयोगले राष्ट्रिय सभा निर्वाचन नभएकै कारण सार्वजनिक गर्न सकेको थिएन। आयोगले निर्वाचन भएको ६५ दिनपछि शुक्रबार मत परिणाम सार्वजनिक गरेको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार