2026-11-04 11:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जातीय विभेदले शिक्षकदम्पतीको जागिर खोसियो, घर जलाइयो, गाउँबाट लखेटियो

माघ २७, काठमाडौँ । नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । 

तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । 

दश महिनादेखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती बिचल्लीमा छ । यो खबर मिलनप्रकाश ढुंगालले आजको नयाँ पत्रिकामा लेखेका छन्।

यो दम्पतीलाई गत चैतमा स्थानीय बासिन्दाले शिक्षकबाट निकालेका थिए । 

त्यसपछि घरमा आगो लगाए भने ज्यान मार्ने धम्की दिए । चार छोराछोरीसहित बैतडी सदरमुकाम शाहीलेकमा बस्दै आएका रानादम्पती कसैले वास्ता नगरेको गुनासो गर्छन् ।

करनले भने, ‘रोजीरोटी खोसियो, घरमा आगो लगाइयो । गाउँबाट विस्थापित गरियो । सबै ठाउँ धाउँदाधाउँदा थाकिसकेँ । अब त मुद्दा लड्ने पैसा पनि छैन । छोराछोरीलाई स्कुल पठाउन पाएको छैन ।’

किशोरीका बवा रानादम्पतीले छोरीलाई बेच्न खोजेको आरोप लगाउँछन् । उनी भन्छन्, ‘सुरुवातमा छोरीलाई डराएर आफूखुसी गएकी हुँ भन्ने बयान दिन लगाए । घरमा ल्याएर थाहा भयो, उसलाई त बेच्न भारत लैजान खोजिएको रहेछ ।’

प्रहरीले बेचबिखनको मुद्दा दर्ता नगरेपछि आक्रोशित भएर घरमा आगजनी गरेको किशोरीका बुवाको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेरम्ब शर्मा किशोरीले आफूखुसी भागेर गएको भन्ने बयान दिएपछि अभिभावकले स्वीकार गरेर घर लगेको र मेलमिलाप भएको बताए । केही दिनपछि फेरि बेचबिखनको उजुरी आए पनि दर्ता नगरिएको उनको भनाइ छ ।

डिएसपी शर्माले भने, ‘बेचबिखनसम्बन्धी कुनै प्रमाण फेला नपरेपछि उजुरी दर्ता गरिएन ।’ उजुरी दर्ता गरिएपछि पुर्पक्षका लागि थुनामा राख्नुपर्छ भने आफू निर्दोष भएको दोषीले थुनामै बसेर प्रमाण जुटाउनुपर्छ । आगजनीको मुद्दा अदालती प्रक्रियामा रहेकाले केही बोल्न नमिल्ने उनको भनाइ छ ।

जिल्ला प्रशासनले भने यस विषयमा समन्वयको प्रयास गर्दै आएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्यले भने, ‘यो केसमा गम्भीर छाँ, सबैसँग बसेर छलफल गर्दैछौँ ।’ जिल्ला शिक्षा कार्यालयले पनि समन्वय गरिरहेको जनाएको छ ।

जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले अन्य विद्यालयसँग समन्वय गरेर रानादम्पतीलाई काजमा खटाउने प्रयास भइरहेको बताए । उनीहरूलाई गाउँमा फर्काउने विषयमा भने स्थानीय तहका जनप्रतिनिधि सकारात्मक देखिँदैनन् ।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले गाउँको वातावरण बिग्रिएकाले रानादम्पतीको सुरक्षाको जिम्मेवारी लिन नसक्ने बताए । उनले भने, ‘समाजले पचाउन नसक्ने घटना भयो, किशोरीका परिवार आक्रोशित छन् । वातावरण मिलाउने प्रयास गरिरहेका छौँ ।’

अधिकारकर्मी भने जातीय विभेदका कारण यस्तो घटना हुँदा पनि प्रशासनले वास्ता नगरेको आरोप लगाउँछन् । अधिकारकर्मी करन दयालले भने, ‘दलित भएकै कारण यस्तो विभेद हुँदा पनि राज्य मौन छ ।’

विस्थापित भएपछि राना परिवार बिचल्लीमा परेको छ । छोराछोरीको पढाइ छुटेको राजुले बताइन् । उनले भनिन्, ‘हिजो अरूका छोराछोरीलाई पढाउँथेँ, आज आफ्नै छोराछोरी पढाउन पाइरहेका छैन ।’

उनीहरूलाई नेपाल रेडक्रस सोसाइटी, बैतडीले भाँडाकुँडाको व्यवस्था गरेको छ । इन्सेक बैतडीले १० हजार रुपैयाँले दिएको थियो । मुद्दा लड्ने पैसासमेत नभएको करनले बताए ।

राजु गाउँकै कृष्ण निमाविमा शिशु कक्षा पढाउँथिन् भने करन छिमेकी हिरापुर माविमा राहत कोटामा निमावि शिक्षक थिए । गाउँकै गैरदलित १५ वर्षीया किशोरी र दलित युवक बिहे गर्नका लागि गाउँबाट भागे ।

किशोरीका परिवारले भगाउनमा राजुले सहयोग गरेको आरोप लगाए । त्यसपछि गाउँलेको दबाबमा दुवै विद्यालयले दम्पतीलाई शिक्षकबाट हटाए ।

केही दिनपछि किशोरी सम्पर्कमा आइन् । उनले प्रहरीसँग राजुको कुनै हात नरहेको र आफूखुसी दुवैजना बिहे गर्न भागेको बताइन् । केही दिनमा विवाद साम्य भयो । किशोरी पनि घर फर्किन् ।

फेरि केही दिनपछि किशोरीका परिवारले बेचबिखन गर्न खोजेको अरोप लगाएर प्रहरीमा उजुरी दिए । प्रहरीले उजुरी त दर्ता गरेन, तर दुवै विद्यालयले उनीहरूलाई काम गर्न दिएनन् ।

त्यसपछि गत असोजमा एक समूहले रानादम्पतीको घरमा आगो लगायो । घरका पूरै सरसामान जलेर नष्ट भए । करनले गाउँकै ६ जनाविरुद्ध प्रहरीमा उजुरी दिए र उनीहरूलाई प्रहरीले पक्राउ पनि ग-यो ।

तर, उनै किशोरीले आफूले आगो लगाएको बताएपछि प्रहरीले सबैलाई छोड्यो भने उनलाई नियन्त्रणमा लियो । बैतडी जिल्ला कारागारमा राख्ने ठाउँ नभएपछि किशोरीलाई पुर्पक्षका लागि कैलाली जिल्ला कारागारमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट