अघिल्लो खेलमा कमजोर मानिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अघिल्लो खेलमा कमजोर मानिएको"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको तेस्रो खेल यूएइविरुद्ध, जित्नैपर्ने दबाव

२८ माघ २०७४, आईतवार ०९:०१

माघ २८, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको यात्रा गरिरहेको नेपालले आफ्नो तेस्रो खेल यूएइविरुद्ध केहीबेरपछि खेल्दैछ ।


अघिल्लो खेलमा कमजोर मानिएको ओमानसँग व्यहोरेको हारले गर्दा नेपाललाई यो खेल जित्नैपर्ने दबाव छ ।

नामिबियामा जारी प्रतियोगितामा नेपालको ब्याटिङ चल्न सकिरहेको छैन । तीव्र गतिको बलिङलाई सहयोग गर्ने पीचमा नेपालका प्रमुख ब्याट्सम्यानहरुले प्रत्येक रनका लागि कडा संघर्ष गनुपरेको छ ।

पहिलो खेलमा घरेलु टोलीले दिएको केवल १३९ रनको लक्ष्य भेट्न नेपाललाई आच्छुआच्छु परेको थियो । दोस्रो खेलमा पनि नेपालको ब्याटिङ १३८ रनमै समेटियो, जसलाई ओमानले मात्र ४ सिवकेट गुमाएर भेट्टायो ।

यूएईविरुद्धको ‘निर्णायक’ खेलमा नेपालका प्रमुख ब्याट्सम्यानहरु दबवावमा हुनेछन् । पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र दिपेन्द्र ऐरीमध्ये कम्तिमा दुई जना चल्नैपर्छ । यसैगरी युवा खेलाडीहरु दिलिप नाथ, आरिफ सेख र रोहितकुमार पौडेलसामु पनि आफूलाई प्रमाणित गर्ने चुनौति छ ।

स्मरणीय के छ भने यूएई पनि नेपालसँगै डिभिजन १ बाट रेलिगेसनमा परेको टिम हो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपालले अन्तिम श्रृंखला यूएईविरुद्ध नै खेलेको थियो । उक्त श्रृंखलाका दुवै म्याच नेपालले गुमाएको थियो । त्यसैले नेपाल विरुद्ध यूएईको मनोबल उच्च छ ।

आजको खेल हारेमा नेपाल फाइनलमा पुग्ने र विश्वकप छनोट खेल्ने सम्भावना लगभग टर्नेछ । अर्कोतर्फ रेलिगेसनमा परेर डिभिजन ३ मा र्झनसक्ने खतरा पनि मडराउनेछ । त्यसैले यो ‘गर या मर’को स्थिति हो ।

नामिबियाको पीच फास्ट बलरका लागि पनि सहयोगी नै देखिएको छ । तर, अर टिमका फास्ट बलरहरुले जस्तो नेपाली बलरहरुले पीचको फाइदा उठाउन सकेको देखिँदैन । सोमपाल कामीले केही प्रभाव पारे पनि अर्का बलर करण केसी दुवै म्याचमा फ्लप देखिएका छन् ।

यूएईले पहिलो खेलमा केन्यालाई २१८ रनको विशाल अन्तरले हराएको थियो । तर, दोस्रो खेलमा भने क्यानाडासँग २३ रनले पराजित भयो । यसरी अंक तालिकामा नेपाल र यूएई लगभग उस्तै अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता