२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापा: नागरिकलाई स्थानीय सरकारको अनुभुति गराइदै

२०७४, २८ माघ आईतवार १५:५३

माघ २८, विर्तामोड । जननिर्वाचित प्रतिनिधिहरुले प्रशिक्षण अभावले जनातको काम गर्न असहज भइरहेको बताएका छन् । 

ऐन कानुन भन्दा पनि स्थानीय तहमा काम गर्न व्यवहारिक ज्ञानको आवश्यकता औल्याएका छन् । जिल्ला समन्वय समितिलाई त्यसको व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गर्दै कानुन नबाज्ने गरी काम गर्न प्रशिक्षणको माग गरिएको हो ।


जिसस झापाले माघ २१ गतेदेखी शुरु गरेको स्थानीय तहको अनुगमनमा आइतवार हल्दिवारी,बाह्रदशी र कचनकवलमा गरिएको थियो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल,उपप्रमुख मिना पराजुली ,समन्वय अधिकारी खेमराज ओझाले अनुगमन गर्दै स्थानीय तह सञ्चालनमा सहजीकरण समेत गरेका छन् । सोही कार्यक्रममा जनप्रतिनिधिले यस्तो माग गरेका हुन् ।

जनप्रतिनिधिबाट धेरै अपेक्षा भएकाले सबै समस्या स्थानीय सरकारले समाधान गर्नुपर्ने बताइएको छ । जिल्ला समन्वय समिति झापाको अनुगमनका क्रममा हल्दिवारी गाउँपालिकाका जनप्रतिनिधिले नागरिकको सबै खाले समस्या समाधानमा स्थानीय सरकार क्रियाशिल भई लागेको बताएका छन् ।

हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले गाउँपालिका सञ्चालनमा जिससको चासो रचनात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले नागरिकको समस्यामा स्थानीय सरकार हुनुको नाताले सुविधा उपलब्ध गराउन कञ्जुस्याइ नगरेको बताए । 

लिङदेनले स्थानीय तहको निर्वाचन अन्तिममा भएको भए सञ्चालनमा माथिल्लो निकायबाट प्राप्त हुने निर्देशनले सहज हुने विश्वास गरे । पहिले स्थानीय तहको निर्वाचन भयो,उनले भने ,–केहि व्यवहारिक कठिनाइ छन् ।

गाउँपालिका र जिसस विच भएको छलफलमा कार्यलयले गरेका केहि रचनात्मक कामका बारेमा चर्चा भएको थियो । नागरिकको उपचारमा सहयोग गर्न जनता उपचार कोष बनाइएको जानकारी दिइएको छ । 


गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले विपन्न नागरिकलाई स्थानीय सरकारको अनुभूति गराउन यस्ता प्रकृतिका धेरै कार्यक्रम बनाइएको जानकारी दिए । उनले हरेक वार्डमा एक÷एक ट्याक्टरको व्यवस्था गरेर किसानलाई सुविधा उपलव्ध गराउने योजना रहेको सुनाएका छन् । सडकको वर्गिकरण गरेर मात्र राज्यको लगानी गरिने पोर्तेलको भनाई छ । उनले जनप्रतिनिधिले पाउने सुविधामा एक रुपमा कायम हुनुपर्ने बताए ।  

गापाका उपाध्यक्ष डम्बर गिरीले संमृद्धका लागि कर निधारण गर्दा समस्या आएको बताएका थिए । उनले भने –स्थानीय सरकारको अभ्यास हुन समस्या लाग्छ,नागरिकको बुझाईमा फराकिलो नभए कार्यान्वयनमा समेत समस्या हुने छ । नागरिकको हित भन्दा बाहिर गएर कुनै काम नगर्ने उनको भनाई छ ।

यस्तै बाह्रदशीका अध्यक्ष खड्ग प्रसाद राजवंशीले संमृद्ध गाउँपालिका बनाउन जनप्रतिनिधि लागि परेको सुनाए । 

उनले काममा लाग्न जनप्रतिनिधिलाई आवश्यक प्रशिक्षण प्रदान गरिनुपर्ने बताए । यस्तै,कचनकवलका जनप्रतिनिधिले विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । नयाँ संरचना भएकाले केहि कठिनाई भएको बताए थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार