१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापा: नागरिकलाई स्थानीय सरकारको अनुभुति गराइदै

२८ माघ २०७४, आईतवार १५:५३

माघ २८, विर्तामोड । जननिर्वाचित प्रतिनिधिहरुले प्रशिक्षण अभावले जनातको काम गर्न असहज भइरहेको बताएका छन् । 

ऐन कानुन भन्दा पनि स्थानीय तहमा काम गर्न व्यवहारिक ज्ञानको आवश्यकता औल्याएका छन् । जिल्ला समन्वय समितिलाई त्यसको व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गर्दै कानुन नबाज्ने गरी काम गर्न प्रशिक्षणको माग गरिएको हो ।


जिसस झापाले माघ २१ गतेदेखी शुरु गरेको स्थानीय तहको अनुगमनमा आइतवार हल्दिवारी,बाह्रदशी र कचनकवलमा गरिएको थियो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल,उपप्रमुख मिना पराजुली ,समन्वय अधिकारी खेमराज ओझाले अनुगमन गर्दै स्थानीय तह सञ्चालनमा सहजीकरण समेत गरेका छन् । सोही कार्यक्रममा जनप्रतिनिधिले यस्तो माग गरेका हुन् ।

जनप्रतिनिधिबाट धेरै अपेक्षा भएकाले सबै समस्या स्थानीय सरकारले समाधान गर्नुपर्ने बताइएको छ । जिल्ला समन्वय समिति झापाको अनुगमनका क्रममा हल्दिवारी गाउँपालिकाका जनप्रतिनिधिले नागरिकको सबै खाले समस्या समाधानमा स्थानीय सरकार क्रियाशिल भई लागेको बताएका छन् ।

हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले गाउँपालिका सञ्चालनमा जिससको चासो रचनात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले नागरिकको समस्यामा स्थानीय सरकार हुनुको नाताले सुविधा उपलब्ध गराउन कञ्जुस्याइ नगरेको बताए । 

लिङदेनले स्थानीय तहको निर्वाचन अन्तिममा भएको भए सञ्चालनमा माथिल्लो निकायबाट प्राप्त हुने निर्देशनले सहज हुने विश्वास गरे । पहिले स्थानीय तहको निर्वाचन भयो,उनले भने ,–केहि व्यवहारिक कठिनाइ छन् ।

गाउँपालिका र जिसस विच भएको छलफलमा कार्यलयले गरेका केहि रचनात्मक कामका बारेमा चर्चा भएको थियो । नागरिकको उपचारमा सहयोग गर्न जनता उपचार कोष बनाइएको जानकारी दिइएको छ । 


गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले विपन्न नागरिकलाई स्थानीय सरकारको अनुभूति गराउन यस्ता प्रकृतिका धेरै कार्यक्रम बनाइएको जानकारी दिए । उनले हरेक वार्डमा एक÷एक ट्याक्टरको व्यवस्था गरेर किसानलाई सुविधा उपलव्ध गराउने योजना रहेको सुनाएका छन् । सडकको वर्गिकरण गरेर मात्र राज्यको लगानी गरिने पोर्तेलको भनाई छ । उनले जनप्रतिनिधिले पाउने सुविधामा एक रुपमा कायम हुनुपर्ने बताए ।  

गापाका उपाध्यक्ष डम्बर गिरीले संमृद्धका लागि कर निधारण गर्दा समस्या आएको बताएका थिए । उनले भने –स्थानीय सरकारको अभ्यास हुन समस्या लाग्छ,नागरिकको बुझाईमा फराकिलो नभए कार्यान्वयनमा समेत समस्या हुने छ । नागरिकको हित भन्दा बाहिर गएर कुनै काम नगर्ने उनको भनाई छ ।

यस्तै बाह्रदशीका अध्यक्ष खड्ग प्रसाद राजवंशीले संमृद्ध गाउँपालिका बनाउन जनप्रतिनिधि लागि परेको सुनाए । 

उनले काममा लाग्न जनप्रतिनिधिलाई आवश्यक प्रशिक्षण प्रदान गरिनुपर्ने बताए । यस्तै,कचनकवलका जनप्रतिनिधिले विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । नयाँ संरचना भएकाले केहि कठिनाई भएको बताए थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह