२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइलको आईएमईआई दर्ता अब अनलाइनबाटै गर्नुहोस

२०७४, २९ माघ सोमबार ०२:१०

माघ २९, काठमाडौँ । मोबाइल सेटको इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । 

नेपाल दूरसञ्चार प्राधिरकणले मंगलबारदेखि आफ्नो सेटको आईएमईआई दर्ता घरबाटै गर्न सकिने व्यवस्था गर्न लागेको हो ।

भन्सार छलीका मोबाइल आयात रोक्ने, चोरी तथा आपराधिक कार्यमा मोबाइल प्रयोग निरुत्साहित गर्ने र हराएको अवस्थामा प्रहरीलाइ खोज्न सहयोग पुर्याउने उद्देश्यले प्राधिकरणले गत वर्षदेखि आइएमईआई दर्ता सुरु गरेको हो । 

अव यो दर्तासम्बन्धी व्यवस्थालाई थप सरलीकृत गर्दै अनलाइनबाटै व्यक्ति वा संस्थाले घरमै बसेर दर्ता गर्न सकिने बनाइएको छ । 

आईएमईआई नम्बर हरेक सेटमा हुने ‘युनिक नम्बर’ हो । एउटा सिम लाग्ने मोबाइल एउटा र दुईवटा मोबाइल लाग्ने मोबाइलमा दुईवटा आईएमईआई नम्बर राखिएको हुन्छ । 

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले  व्यक्तिगत वा संस्थागत रूपमा दर्ता गर्न सकिने जानकारी दिए । आईएमईआई नम्बर दर्ता भएपछि ‘ग्रे मार्केट’ नियन्त्रण हुने र हराएको अवस्थामा पनि प्रहरीलाइ खवर गर्न र भेट्न सजिलो हुने उनको भनाइ थियो । 

हालसम्म प्राधिकरणले मोबाइलको आईएमईआई नम्बर कार्यालयबाटमात्र दर्ता गर्दै आएको छ । आफ्नो मोबाइलमा रहेको आइएमईआई नम्बर थाहा पाउनका लागि ‘एस्ट्रिक ह्यास शून्य छ र ह्यास’ डायल गर्नुपर्छ, कारोबार दैनिकमा खबर छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी