२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

एकीकृत बस्तीको पर्खाइमा गोरखाका केरौँजावासी

२९ माघ २०७४, सोमबार ०७:४०

माघ २९, गोरखा | भूकम्प र पहिरोबाट गाउँबाट विस्थापित गोरखाको केरौँजावासी सुरक्षित घडेरीको खोजीमा छन् । 

भूकम्प गएको ३४ महिना हुँदासमेत यहाँका बासिन्दालाई पुनःस्थापना गर्न सरकारले एकीकृत बस्ती निर्माणको थालनी गर्न सकेको छैन । घर बनाउन सरकारबाट अनुदान लिएका केरौँजावासीले सुरक्षित घडेरी अभावले घर बनाउने आँट गरेका छैनन् । 

केरौँजाका ४२५ वटा भूकम्प प्रभावितका टहरालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने भए पनि सरकारी तवरबाट एकीकृत बस्ती निर्माणको कामले दु्रत गति लिन नसक्दा ढिलाइ भएको वडाध्यक्ष सुकबहादुर गुरुङले बताउनुभयो । घडेरी खोजी गर्दा आफूहरु हैरान भएको भन्दै गुरुङले गाउँमाथि रानीवनडाँडा आसपासका जग्गामा बस्ती बसाउँदा सुरक्षित हुने बताउनुभयो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले केरौँजामा एकीकृत बस्ती निर्माणको गृहकार्य गरेको भए पनि ठोसरुपमा काम अघि नबढेपछि स्थानीय बासिन्दा समस्यामा छन् । आफैँ घडेरी खोजेर घर बनाउने हो भने सरकारले रु दुई लाखका दरले घडेरी खरिद गर्न अनुदान दिने बताएको छ । अहिलेसम्म एक जनाले पनि उक्त सुविधा लिएका छैनन् । गाउँले एकै ठाउँमा झुरुप्प भएर बस्न चान्छन् । सरकारी तवरबाट नै एकीकृत बस्ती निर्माण ढिलाइ भएको हो । 

वडाध्यक्ष गुरुङले भन्नुभयो, “कम्तीमा ४०० वटा घर अटाउने जग्गा आवश्यक पर्छ । यहाँ भनेजस्तो जग्गा भेटिएको छैन । गाउँको माथि र तल दुवैतर्फ पहिरो छ । हिउँदमा जता बसे पनि हुन्छ तर बर्खामा पहिरोले सताउँछ ।” 

पुनःनिर्माण प्राधिकरणका गोरखास्थित सूचना अधिकारी शिव पौडेलले केरौँजावासीको चाहना र उनीहरुकै रोजाइमा रहेको जग्गामा सरकारी तवरबाट एकीकृत बस्ती विकास गरिन्छ । बस्ती विकास गर्न अध्ययन गरी सकिएको उहाँले बताउनुभयो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सदस्य हरिराम पराजुलीका अनुसार केरौँजाका भूकम्प र पहिरोपीडितलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न एकीकृत बस्ती विकास गर्ने योजनासहित प्राधिकरणले गृहकार्य थालिसकेको छ । एकीकृत बस्ती पुनःनिर्माणको अगुवाइ स्थानीय वा जनप्रतिनिधिले गर्दा उपयुक्त हुने पराजुलीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “स्थानीयले रोजेको जग्गा बस्ती विकासका लागि राम्रो छ÷छैन भन्नेबारे स्थलगत रुपमा बुझ्न प्राविधिकको टोली छिट्टै केरौँजा जानेछ ।” भूकम्पले यहाँको जमिन चिराचिरा परेर फाटेका थिए । गोरखाका जोखिमयुक्त पहिचान गरिएका २२ वटा गाउँ सुरक्षित स्थानमा सार्नुपर्ने भए पनि लाप्राकबाहेक अरु गाउँ स्थानान्तरण गरिएका छैनन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य