४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एशियाली विकास बैंकले १० अर्ब ऋण सहयोग गर्ने

२९ माघ २०७४, सोमबार ०७:४६

माघ २९, काठमाडौँ | एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ । 

उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति रु १० करोड बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ । 

आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभ र अर्थसचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गर्नुभयो । 

उक्त परियोजनाअन्तर्गत मुलुकका विभिन्न १६ जिल्लाका ३८८ किलोमिटर ग्रामीण सडक बाह्रै महिना सञ्चालन योग्य बनाइनेछ । परियोजनाबाट ७५ लाख ग्रामीण जनतालाई कृषि सडकसम्म पहुँच विस्तार हुनेछ भने व्यावसायिक कृषि, उत्पादकत्व वृद्धि, ग्रामीण भेगमा रोजगारीका अवसर सिर्जना र नेपालीको समृद्धिमा सघाउ पुग्नेछ । 

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै देशीय निर्देशक खामुदाख्नोभले नेपालको ग्रामीण भेगलाई यातायात सञ्जालबाट जोड्न ऋण सहयोग प्रदान गरिएको बताउँदै परियोजना पूरा भएपछि सबै याममा सडक सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । 

अर्थसचिव अधिकारीले नेपालको सामाजिक, आर्थिक विकासमा एशियाली विकास बैंकबाट निरन्तर रुपमा प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै