१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाई निन्द्रामा घुर्नुहुन्छ ? यस्तो समस्या पनि हुनसक्छ

२९ माघ २०७४, सोमबार ०७:५९

माघ २९ काठमाडौं | आफैलाई थाहा हुँदैन, निन्द्रामा घुरेको । तर, आफुसँगै सुत्नेहरुलाई यसबाट बाधा पुगिरहेको हुन्छ । उनीहरुले नै भनिदिने हो, आफ्नो घुर्ने बानी ।

आफ्नो घुर्ने बानीले अरुलाई बाधा पुर्‍याउँछ, आफ्नो स्वस्थ्यलाई चाहि हानी ।

तर, धेरैले यस कुरामा खास हेक्का राख्दैनन् । किनभने, न आफुले घुरेको थाहा पाइन्छ । न त्यसले आफुलाई बाधा गर्छ ।

गंभिर हुनुपर्ने बिषय के भने, घुर्ने बानी आफैमा समस्या हो । र, त्यसले अन्य रोगहरुको संकेत गरिरहेको हुन्छ ।

अब्सट्रक्टिभ स्लीप एप्निया पनि यस्तै समस्या हो । यसमा निद्रा लिइरहँदा व्यक्तिको नाकमा हावाको वहाव कम हुन्छ । यही कारणले सुतेको बेला नाकबाट आवाज आउँछ ।

के हो अब्स्ट्रक्टिभ स्लीप एप्निया ?

अब्स्ट्रक्टिभ स्लीप एप्निया यस्तो रोग हो जसको सम्वन्ध निद्रा र सास दुवैसँग हुन्छ । यस रोगमा जब हामी सुत्छौं, नाक र मुखको माथिल्लो हिस्सामा हावा भरिन्छ । यसले गर्दा नाकको केही हिस्सा वा पुरै नाक जाम हुन सक्छ ।

त्यसपछि मुखबाट सास फेर्न थालिन्छ । यता, हावाको दवावले गर्दा नाकबाट आवाज आउन थाल्छ । धेरै व्यक्तिहरु निद्रामा घुर्दा उनीहरुको पूरा वा आधा मुख खुल्ला हुनुको कारण यही हो ।

यस रोगका कारण फोक्सोबाट हावा बाहिर निकाल्न बढि मिहिनेत गर्नुपर्छ । यो एउटा खतरनाक बिमारी हो किनकी यसले गर्दा कहिलेकाहीँ सास रोकिन र व्यक्तिको मृत्युसमेत हुन सक्छ ।

रोगका लक्षण

-निदाएको बेला चर्को घुराई

-निद्रामा बेचैनी महसुस

-निदाएको बेला उकुसमुकुस हुनु वा सास फेर्न अवरोध पुग्नु

-निदाएको बेला पसीना आउनु र छाति दुख्नु

-दिनमा धेरै सुत्नु र दिनभरी सुस्ती महसुस गर्नु

-बिहान उठेपछि टाउको दुख्नु

-निदाएको बेला बारम्बार पिशाब फेर्न उठ्नु

-स्मरणशक्ति कमजोर हुनु र कुनै पनि कुरामा मन नलाग्नु

अब्सट्रक्टिभ स्लीप एप्नियाका कारण

यो रोगका कयौं कारण हुन सक्छन् । बढि वजन भएको कारण वा मोटोपनाले गर्दा घाँटीको आकार बढ्छ भने नाक, मुख, र घाँटीको भित्री भागको आकार घट्छ । त्यसैले यो समस्या उत्पन्न हुन सक्छ ।

कहिलेकाहीँ टन्सिल बढेर पनि यो रोग लाग्न सक्छ । घाँटीमा सासको नली नजिकै यदि आवश्यकताभन्दा बढि कोशिका निस्केका छन् भने पनि यो समस्या हुन्छ । सामान्य भन्दा बढि लामो जिभ्रो हुनुले पनि यो समस्या निम्त्याउन सक्छ । यसका अलावा यस रोगका अन्य कारणमा अल्कोहलको सेवन, लगातार निद्राको औषधि लिनु र धुम्रपान पनि हुन् ।

यस रोगको उपचार सम्भव छ । यदि सामान्य कारणले भएको हो भने केही औषधि र खानामा परहेज गरेर निको हुन सकिन्छ । यदि असामान्य कारण छ, भने अपरेसन गर्नुपर्ने पनि हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो (फोटो फिचर) हिजबुल्लाहद्वारा इजरायलमा ठूलो आक्रमण: चार इजरायली सेनाको मृत्यु २३९ यात्रु रहेको विमानमा बम रहेको धम्की, दिल्लीमा अवतरण गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै, यस्तो छ तयारी लमजुङमा जिप दुर्घटना: २२ जना घाइते, ५ जना भरतपुर लगियो पोल्याण्डमाथि पोर्चुगलको शानदार जित, शतप्रतिशत जितको लय कायम