७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा लगानी गर्न बेलायतलाई अध्यक्ष ओलीको आग्रह

१ फाल्गुन २०७४, मंगलवार ०६:२४

फागुन १, काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग आग्रह गर्नुभएको छ । 

नेपाल भ्रमणमा आउनुभएका रक्षा राज्यमन्त्री ल्यानकाष्टरसँग आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सो शिष्टाचार भेटमा अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो । जवाफमा ल्यानकाष्टरले हालैको निर्वाचनबाट नेपालमा वाम गठबन्धनले विजय हासिल गरेकामा बधाई दिँदै आफूहरु लगानी बढाउन सकारात्मक रहेको स्पष्ट पार्नुभएको भेटमा सहभागी एमाले नेता डा राजन भट्टराईले जानकारी दिनुभयो । 

राज्यमन्त्री ल्यानकाष्टरले बेलायती सेनामा काम गर्ने पूर्वगोर्खा सैनिकको निवृत्तिभरण सुविधाबारेमा गठित संयुक्त प्राविधिक टोलीले गरिरहेको प्रगतिबारे अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो । नेपाल र बेलायतबीच २०२ वर्ष अघि कूटनीतिक सम्बन्ध स्थापना भएकाले गोर्खा सैनिकमाथि कुनै भेदभाव नहुनेमा विश्वस्त हुन ल्यानकाष्टरले आग्रह गर्नुभएको थियो । 

यस्तै बेलायती चार्टर एकाउन्टेन्स पढ्ने विद्यार्थीका लागि नेपालमा समकक्षताका लागि देखिएको समस्याबारे पहल गर्न राज्यमन्त्रीले आग्रह गर्नुभएको थियो । नयाँ सरकार गठन र वाम एकता प्रक्रियाबारेमा पनि ल्यानकाष्टरले चासो व्यक्त गर्नुभएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा