2026-07-24 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रामेछाप पुर्ण खोपयुक्त जिल्ला घोषणा

कैलाश खत्री । फागुण २ गते, रामेछाप । रामेछाप जिल्ला नेपालको ३६ औ जिल्लाको रुपमा पुर्ण खोप जिल्ला घोषणा भएको छ ।  बुधबार रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार स्थित गौरिशंकर क्याम्पसको प्राङगणमा आयोजित एक कार्यक्रमका बिच प्रतिनिधि सभाका सांसद श्याम कुमार श्रेष्ठले पुर्ण खोपयुक्त जिल्ला भएको घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधि सभाका सांसद एवं पुर्व गृहराज्यमन्त्री श्याम कुमार श्रेष्ठले रामेछाप जिल्ला पुर्ण खोपयुक्त घोषणा हुनु स्वास्थ्य क्षेत्रको लागि ठुलो उपलब्धी भएको बताए । उनले जिल्लाका स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न र स्तरीय सेवा दिन सक्ने बनाउन सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । उनले भने -“नयाँ सरकार बनेसंगै स्वास्थ्य क्षेत्रका लागि थप बजेट र कार्यक्रम यस क्षेत्रमा ल्याउन पहल गर्छौ ।”

जिल्लाका ६ गाउँपालिका र २ नगरपालिका भित्रका जन्मेदेखी १५ महिना सम्मका बालबालिकाले लगाउनुपर्ने ११ प्रकारका खोपका मात्रा पुरा गरेकाले खोप सुनिश्चित भएको जिल्ला अस्पताल रामेछापका प्रमुख डा.प्रकाश प्रसाद साहाले जानकारी दिए ।  उनले भने – ” रामेछापका ३ हजार २ सय ३४ खोप उमेर समुहका बालबालिकाले खोपको सबै मात्रा पुरा गरि सकेका छन् ।”

कार्यक्रममा प्रदेशसभाका सांसद शान्ति प्रसाद  पौडेल, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का , मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत , रामेछाप नगरपालिका प्रमुख नर बहादुर थापा मगरले मन्तव्य राखेका थिए ।उनीहरुले स्थानीय तहले स्वास्थ्य संस्थालाई गर्नुपर्ने सहयोगका लागि प्रतिवद्ध भएको बताए । कार्यक्रमका अवसरमा ६ वटा गाउँपालिका २ नगरपालिका र स्वास्थ्य क्षेत्रमा काम गर्ने  विभिन्न संघ संस्थाहरुलाई पुर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक