२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रामेछाप पुर्ण खोपयुक्त जिल्ला घोषणा

२ फाल्गुन २०७४, बुधबार १५:५६

कैलाश खत्री । फागुण २ गते, रामेछाप । रामेछाप जिल्ला नेपालको ३६ औ जिल्लाको रुपमा पुर्ण खोप जिल्ला घोषणा भएको छ ।  बुधबार रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार स्थित गौरिशंकर क्याम्पसको प्राङगणमा आयोजित एक कार्यक्रमका बिच प्रतिनिधि सभाका सांसद श्याम कुमार श्रेष्ठले पुर्ण खोपयुक्त जिल्ला भएको घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधि सभाका सांसद एवं पुर्व गृहराज्यमन्त्री श्याम कुमार श्रेष्ठले रामेछाप जिल्ला पुर्ण खोपयुक्त घोषणा हुनु स्वास्थ्य क्षेत्रको लागि ठुलो उपलब्धी भएको बताए । उनले जिल्लाका स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न र स्तरीय सेवा दिन सक्ने बनाउन सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । उनले भने -"नयाँ सरकार बनेसंगै स्वास्थ्य क्षेत्रका लागि थप बजेट र कार्यक्रम यस क्षेत्रमा ल्याउन पहल गर्छौ ।"

जिल्लाका ६ गाउँपालिका र २ नगरपालिका भित्रका जन्मेदेखी १५ महिना सम्मका बालबालिकाले लगाउनुपर्ने ११ प्रकारका खोपका मात्रा पुरा गरेकाले खोप सुनिश्चित भएको जिल्ला अस्पताल रामेछापका प्रमुख डा.प्रकाश प्रसाद साहाले जानकारी दिए ।  उनले भने – " रामेछापका ३ हजार २ सय ३४ खोप उमेर समुहका बालबालिकाले खोपको सबै मात्रा पुरा गरि सकेका छन् ।"

कार्यक्रममा प्रदेशसभाका सांसद शान्ति प्रसाद  पौडेल, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का , मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत , रामेछाप नगरपालिका प्रमुख नर बहादुर थापा मगरले मन्तव्य राखेका थिए ।उनीहरुले स्थानीय तहले स्वास्थ्य संस्थालाई गर्नुपर्ने सहयोगका लागि प्रतिवद्ध भएको बताए । कार्यक्रमका अवसरमा ६ वटा गाउँपालिका २ नगरपालिका र स्वास्थ्य क्षेत्रमा काम गर्ने  विभिन्न संघ संस्थाहरुलाई पुर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गरिएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य