डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउपालिका र शे–फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउपालिका र शे–फ"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शे–फोक्सुण्डो तालको पुनःमापन गरिने

२०७४, ३ फाल्गुन बिहीबार १४:४७

टेकबहादुर शाही/फागुन ३, डोल्पा । नेपालकै सबै भन्दा गहिरो ताल शे–फोक्सुण्डो तालको पुनःमापन गरिने भएको छ । 


डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउपालिका र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने ६ सय ५० मिटर गहिरो शे–फोक्सुण्डोको पुनःमापन हुने गरिने बिज्ञान तथा प्रबिधि मन्त्रालय जल तथा मौसम बिज्ञान बिभागले जानकारि दिएको छ । 

कुल ६ सय ५० मिटर गहिराइ रहेको शे–फोक्सुण्डो तालको पहिलो मापन २०३६ साल तिर गरिएको भन्ने रहे पनि हाल उक्त तथ्याङ्क कतै भेटिएको छैन । सन २००४ मा ब्याथीमेट्रीक सर्वे बिधि अपनाइ बैज्ञानिक अध्ययन गर्दा उक्त अध्ययनले शे–फोक्सुण्डो तालको जम्मा गहिराइ १ सय ४५ भएको भन्ने तथ्याङ्क जल तथा मौसम बिज्ञान बिभागमा पेश गरे पछि शे–फोक्सुण्डो ताल नेपालको गहिरो ताल नभएको भनेर बिबादित रहेको छ । 

सन २०६१ साल असार २४ गते मा जल तथा मौसम बिज्ञान बिभागका जगत प्रसाद भुसालको हवाला दिएर सुबोध गौतमले कान्तिपूरमा शे–फोक्सुण्डो लात नभइ रारा ताल नेपालकै गहिरो ताल भएको बिबादस्पत समाचार बाहिर ल्याइ बिश्वको सामु चिनिएको शे–फोक्सुण्डो लातको गलत प्रचार प्रसार गरेको स्थानीय आङबहादुर लामाले आक्रोस ब्यक्त गरे । 


तत्काल जिल्लाका सरोकारवाला र जिल्लाबासिको उपस्थितिमा मन्त्रीपरिषद र सम्बन्धीत निकायलाइ १० बुदे ज्ञापन पत्र बुझाएको स्थानीय बुद्धिजीवी योगेन्द्र बहादुर शाहीले बताए । 

उनले भने बिभिन्न क्षेत्रमा पहल गरेको र राष्ट्रिय निकुञ्जको बिभाग, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य सबैले साथ दएको र १सय ४५ मिटर भएको भन्ने तथ्याङ्क भ्रमपूर्ण भएको बताए ।

भुषाल टिमले घैटिको प्रयोग गरेर मापन गरेको र मापनका उपकरण मर्मत गरि ल्याएकोले आधिकारिक नभएकोले पुनःमापन गर्न लागिएको स्थानीयहरुले बताए । 

निकै लामो समय देखि बिबादित रहेकोले यकिन तथ्याङ्क निकाली सत्य कुरा बाहिर ल्याउन आफनो क्षेत्रबाट लागि परेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारि दिएको छ । 


नेपालकै सबै भन्दा गहिरो तालको रुपमा परिचति भएको शे–फोक्सुण्डो ताल पछिल्लो समय बिबादित भए पछि पुनःमापनको लागि कन्सलटेन्सी छनौटको लागि सबै तयारी पूरा भएको र यहि आर्थिक बर्ष भित्र पुनःमापन गरिने बिज्ञान तथा प्रबिधि मन्त्रालय जल तथा मौसम बिज्ञान बिभागले जानकारि दिएको छ । 

३ हजार ६ सय मिटरको उचाइमा रहेको शे–फोक्सुण्डो ताल आन्तरीक तथा बाह्य पर्यटकका लागि पर्यटकीय आर्कषणको केन्द्र मानिन्नछ । हरेक बर्ष सयौको सख्यामा पर्यटकहरु शे–फोक्सुण्डो ताल घुम्न आउने गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारि दिए । 

एक दिनमा दर्जनौ पटक रंग बदल्ने र पानिमा हुने किरा समेत नपाइने कञ्चन पानि मात्र भएको मनमोहक ताल शे–फोक्सुण्डो ताल भएको बिज्ञहरु बताउछन । सुन्र शान्तर निश्चल पवित्र पानि र फोक्सो आकारमा बनेको ताल भएर नै शे–फोक्सुण्डो ताल नामाकरण गरिको स्थानीय बुद्धिजीविहरु बताउछन । 


उनिहरु भन्छन गहिराइ नभएको ताल भनेर भ्रमात्मक समाचार लेखेर शे–फोक्सुण्डो तालको खिल्ली उडाउने ब्यक्ति तथा सस्थालाइ कुनै पनि हालत नछोड्ने भन्दै आक्रोस पोख्छन । 

निकै बिबादित बनेको शे–फोक्सुण्डो तालको असार भित्र पुनःमापन हुने भए पछि स्थानीयहरु खुसि भएका छन । स्थानीयको भनाइ अनुसार अहिलेको नया प्रबिधि अनुसार पुनःमापन गरिए पछि आधिकारीक जे आउछ हामी मान्न तयार छौ तर भुषाल टिमले गरेको मापनमा सहमत छैनौ ।

दुर्गम र हिमाली जिल्लाका नागरिकलाइ छलकपट गरि त्यतिबेलाका बिभागका कर्मचारिहरुले मिलेमतोमा तालको मापन गरेको स्थानीयको आरोप छ । स्थानीय निकाय, शे–फोक्सुण्डो ताल क्षेत्रका स्थानीय र अन्य सरोकारवाला निकाय संग कुनै पनि सहकार्य नगरि मर्मत गरि ल्याएका यन्त्रबाट मापन गरी गलत प्रचारप्रशार गरेको स्थानीयहरु आरोप लगाउछन । 

 ३ हजार ५ सय ५५ बर्ग मिटरमा फैलिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने शे–फोक्सुण्डो ताल वाइ आकारको एक सुन्दर ताल हो । त्यहि तालबाट १ सय ५० मिटर अग्लो सुलिर्गाड झरना बग्ने गर्दछ । सुलिगार्ड झरनालाइ पनि फोक्सुण्डो झरनामा नामाकरण हुनु पर्ने स्थानीयको माग रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी