2026-08-04 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको सूर्य ग्रहण: कुन राशीलाई फाईदा, कसलाई बेफाइदा ?

फागुन ४, काठमाडौँ । २०१८ मा दोस्रो ग्रहण लागेको छ । १५ दिन अघि पनि चन्द्रग्रहण लागेको थियो । आज लागेको सूर्यग्रहण नेपालबाट भने  देखिएन् । रातको समय भएकाले नेपाल लगायत आधा संसारबाट सुर्यग्रहण देखिएन । सुर्य ग्रहण प्रशान्त र हिन्द  महासागर, दक्षिण अफ्रीका , नामीबिया , मोजाम्बिक, जिम्वावे, म्याडागास्कर, दक्षिणी अमेरिका, चिली, अर्जैन्टीना ब्राजील र अन्टार्टिकामा देखिएको छ  । 

२०१८ मा तीन सुर्य ग्रहण लाग्नेछन् । २०१८ मा लाग्ने तीनै सुर्य ग्रहण आंशिक सूर्य ग्रहण हुनेछ । जसमा आजको सूर्य ग्रहण पनि आंशिक नै हो । नेपालमा आजको सुर्यग्रहण नदेखिएपनि त्यसको प्रभाव हुँदैन भन्ने हुँदैन । फागुन अमावस्यामा सूर्यमा खण्डग्रास सूर्य ग्रहण देखा परेकोले यसलाई महत्वपूर्ण मानिएको छ । 

सूर्य ग्रहण के हो ?

वैज्ञानिकहरुले जनाए अनुसार, कुनै खगोलीय पिण्डको पूर्ण अथवा आंशिक भागले सुर्यलाई ढाक्नुलाइ सूर्यग्रहण भनिन्छ । सूर्य र पृथ्वीको बीचमा उक्त पिण्ड वा ग्रह पर्दा सूर्यलाई त्यसले छेक्दा सूर्य ग्रहण लाग्छ । 

राशिगत प्रभाव कस्तो ? 

२०१८ मा लागेको आजको पहिलो सुर्य ग्रहणका कारण कुन-कुन राशिहरुमा सकारात्मक वा नकारात्मक असर पर्छ जान्नुहोस।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) 

आजको सूर्य ग्रहणको कारण मेष राशिका व्यक्तिहरुका कार्यक्षेत्रमा मान सम्मान बढ्ने योग छ भने आयु  वृद्दि हुनेछ, साथै व्यवसायमा उत्तम लाभ हुने योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) 

सुर्यग्रहणको प्रभावले यो राशीगुनेलाई कार्य क्षेत्रमा व्यस्तता बढ्नेछ । जसको कारण नोकरीमा सम्मान मिल्नेछ । व्यवसायमा विस्तार हुनेछ । आफ्नो बोलीमा नियन्त्रण राख्नुहोला । १६ फेब्रुअरीपछि वृष राशिका व्यक्तिहरुलाई धन कमाउने धेरै अवसरहरु मिल्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह ) 

एस रासी हुनेहरु पारिवारिक विवादबाट टाढै रहनुहोला । विरोधीहरु शान्त रहनेछन । व्यावसायिक लाभ सामान्य हुनेछ । स्वास्थ्य अवस्था राम्रो रहनेछ । तथापि केही समस्याहरु आगामी दिनहरुमा आउन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

सुर्यग्रहणको प्रभावलर कर्कट राशि भएकाहरुलाई १६ फेब्रुअरीपछि शुभ समाचार मिल्नेछ । भविस्यमा उन्नतिको अवसरहरु पाउनुहुनेछ । व्यवसायमा धन लाभ वृद्धि हुनेछ। साथीभाईहरुसँग भेटघाटको अवसर मिल्न सक्छ, जसको कारण नयाँ परियोजनाहरु अगाडी बढाउँने सम्भावना हुनेछ ।

सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

सम्पतिसम्बन्धी रोकेका कामहरु पूरा हुनेछ । व्ययमा नियन्त्रण राख्नुहोला । स्वास्थ्य स्थिति सामान्य नै रहनेछ । कानूनी विवादमा संलग्न हुन् सक्छ । १६ फेब्रुअरी पछि कुनै प्रकारका दूर्घटना हुन् सक्छ, त्यसैले सावधान रहनुहोला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरुका लागि यो ग्रहणको समय अनूकुल रहनेछ । कार्य क्षेत्रमा विस्तार हुने सम्भावना छ । कहीं रोकेका पैसा प्राप्त हुनेछ । घरको पारिवारिक वातावरण सुखमय रहनेछ । विदेशको यात्रा गर्न सक्ने योग छ।

तुला राशि ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) 

ग्रहण पछि तुला राशि व्यक्तिहरुको मन विचलित हुन् सक्छ। मानसिक तनाव बढ्न सक्छ। पैसाको मामलामा हानि नोक्सानी हुन् सक्छ। सावधान रहनुहोला।

बृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) 

मन अशान्त रहनेछ। कानूनी झन्झटबाट मुक्ति मिल्नेछ। व्यापार व्यवसायमा सुधार हुनेछ। धर्ममा श्रद्धा बढ्नेछ।

धनु राशि ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) 

तपाईको दिन प्रतिकूल रहनेछ। अपरिचित व्यक्तिहरुबाट सतर्क रहनुहोला। व्यवसायिक निर्णयहरु ध्यानपूर्वक सोचेर लिनुहोला। घरमा शान्ति हुनेछ।

मकर राशि ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )

कार्य क्षेत्रमा नयाँ पदभार मिल्न सक्छ। भू-सम्पतिबाट लाभका अवसरहरु उपलब्ध हुनेछ। व्यावसायिक लाभमा वृद्धि हुनेछ।

कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) 

भोग विलासका साधनहरुमा खर्च बढी हुनेछ। नोकरीमा मन जानेछ। व्यवसायमा धन लाभ हुनेछ। धैर्य गर्नुहोला।

मीन राशि ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) 

उत्साहमा वृद्धि हुनेछ। काममा उन्नति गर्ने अवसर मिल्नेछ। व्यवसायमा लाभ हुनेछ। सन्तानको भविष्यप्रति चिन्ता बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट