2026-08-26 01:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

नेविसंघलाई चलायमान बनाउदै नया ढंगबाट लैजानुपर्नेमा जोड

फागुन ६, विराटनगर | नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुदृढ बनाउनुपर्ने निर्णय गर्दै प्रदेश नं. १ स्तरीय नेविसंघको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । 

भातृ संगठन कमजोर भएका कारण नेपाली काँग्रेसले निर्वाचनमा हार व्योहर्नु परेकाले भातृसंघ संगठनका भावना बुझ्ने नेतृत्व आवश्यक रहेको सहभागीहरुको भनाई छ । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, गुरुराज घिमिरे तथा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघलाई नया ढंगबाट अब लैजानुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेविसंघका पुर्व केन्द्रीय सदस्य ललित श्रेष्ठ, नेविसंघका सहमहामन्त्री कृष्ण कार्कीले पार्टीको मनोबल उच्च बनाउने जिम्मेवारी अब नेविसंघको काँधमा आएको बताउनुभयो । 

दुईदिने प्रशिक्षण कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे तथा प्रदीप पौडेलले प्रशिक्षण दिनुभएको थियो । 

नेपाल विद्यार्थी संघ क्षेत्र नं. ३ को आयोजनामा भएको कार्यक्रममा १ नम्बर प्रदेशका १४ वटा जिल्लाका नेविसंघका सभापति तथा प्रतिनिधिगरी चार सयभन्दा बढीको सहभागिता रहेको कार्यक्रमका संयोजक होम पोखरेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो