आलोकनगरका ठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आलोकनगरका ठ"/>

2026-07-24 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मीनभवनस्थित आलोकनगर फोहरमुक्त

फागुन  ६, काठमाडौँ | टोलका महिला जुटेर सफाइ अभियानमा लागेको ४५ हप्तामा काठमाडौँ महानगरपालिका–३१ मीनभवनस्थित आलोकनगर फोहरमुक्त भएको छ । 

आलोकनगरका ठाउँ ठाउँमा डोको बाँधेर राखिएको छ । स्थानीयवासीले त्यही डोकामा ल्याएर फोहर हाल्न थालेपछि सो क्षेत्रमा मास्कबिना हिँड्न सकिने देखिएको ‘क्लिन काष्ठमण्डप’का अभियानकर्मी केपी खनालले जानकारी दिनुभयो । 

अभियान गत पुस २७ गते शुरु भएको थियो । “डोकोमा जम्मा पारेर राखिएको फोहर महानगरपालिकाले नउठाउँदा भने समस्या परेको छ, आफ्ना सफाइ कर्मचारी परिचालन गरेर फोहर उठाउन नसकेको महानगरपालिकाले टोलवासीले उठाइदिएको फोहरसमेत व्यवस्थापन गरेन”, उहाँले भन्नुभयो । 

आलोकनगरका सकारात्मक मातृशक्ति समूहमा आबद्ध महिलाले सफाइमा उदाहरणीय काम गरेपछि अभियानले आज उनीहरुलाई ३० ‘डष्टबिन’ हस्तान्तरण गर्यो । ‘डष्टविन’ हस्तान्तरण गर्दै जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले धुलो, धुवाँ एवं मास्क लगाउने मानिसमुक्त काठमाडौँ बनाउने अभियानमा मन्त्रालय लागेको जानकारी दिनुभयो । 

“अब सार्वजनिकस्थलमा कसैले फोहर फालेमा कानूनमा व्यवस्था भएअनुसार कारबाही हुन्छ, राजधानीलगायत शहरमा प्लाष्टिकले धेरै फोहर गरेको छ, प्लाष्टिक, सुर्ती, खैनी एवं रिचार्ज कार्डका खोलले पनि धेरै फोहर बढाएका छन्, यस्ता चिज उत्पादन गर्ने संस्थाले नै व्यवस्थापन गर्नुपर्छ, यसका लागि छलफल अघि बढाउँछु”, उहाँले भन्नुभयो । 

सो अवसरमा सफाइलगायत सामाजिक अभियान चलाइरहेको ‘दाह्री ग्याङ’ वाग्मती सफाइ महाअभियानका किशोरसिंह शाही, चक्रपथ सफाइ अभियानका संयोजक लोकबहादुर टण्डन, आलोकनगर सफाइ अभियानकी प्रमिला पौडेललगायतले गाउँ, टोल सफाइ गरे शहर एवं नगर सफा हुने बताउनुभयो । 

सो अवसरमा एक घण्टा सफाइ गरी पाँच डोको फोहर पनि उठाइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक