२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टि सचिवबाट प्रदेश मन्त्री, डोल्पाली जनतामा खुसियाली

७ फाल्गुन २०७४, सोमबार ०१:१७

टेकबहादुर शाही | फागुन ७, डोल्पा | डोल्पाले संघिय सरकारको पहिलो पटक प्रदेश मन्त्री पाए पछि डोल्पाली जनताले खुसियाली मनाएका छन । नेकपा एमाले डोल्पा जिल्ला प्रदेश निर्वाचन क्षेत्र १ बाट कुल मतको ८२ प्रतिशत मत प्राप्त गरि प्रदशसभा सदस्यमा निर्वाचित भएका नन्दसिँह बुढा मन्त्री भएका हुन । उद्योग,पर्यटन बन तथा वातावरण मन्त्रालयको मन्त्री पदमा आईतबार जिम्मेवारी सम्हालेका छन । 

उद्योग, पर्यटन बन तथा वातावरणको भण्डार मानिने कर्णाली र डोल्पा जिल्लालाइ अझै समृद्धि बनाउन मद्धत पुग्ने भन्दै डोल्पाली जनताले खुसियाली मनाएका छन । कलिलै उमेरमा मन्त्री बनेका बुढाले जिम्मेवारी पाएको मन्त्रालयमा जिम्मेवारी पूर्वक काम गरि डोल्पालीको पहिचान बनाउने बिश्वास डोल्पाली जनताको छ । 

आइतबार मन्त्रीको सफथ खाइ उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री नन्दसिँह बुढाले पद ग्रहण मात्र ठुलो कुरा नभएकोले जनताले चाहे अनुसार जनताका काम पूरा गर्न सके मात्र मन्त्री भएको हु भन्ने गर्भ गर्ने जानकारि दिए । उनका अनुसार संघिय सरकारमा डोल्पाबाट प्रदेशमा पहिलो मन्त्री भएकोले डोल्पाली जनताको मात्र नभइ प्रदेश न ६ का जनताको भरोसालाइ आत्मसाथ काम गर्दै जाने बताए । 


राजनतिकि ईतिहासमा माथिल्लो ओहोदामा हाल सम्म सूचीमा परेको ईतिहास छैन डोल्पाको । २०६४ मा संबिधान सभाको निर्वाचन पछि डोल्पाबाट समानुपातिकाबाट सभासद बनेकी सत्या पाहाडीले शान्ती तथा पूण निर्माण मन्त्री बनेकी थिइन । त्यस पछि डोल्पाले संघिय सरकार बने पछि प्रदेश मन्त्री पाएको छ । नन्दसिंह बुढा पूरुषहरुमा डोल्पाबाट पहिलो मन्त्री हुन जो मन्त्रालयको जिम्मेवारी पाएका । यस भन्दा पहिला राज्य मन्त्री सम्म मात्र पाएका थिए डोल्पाका सांसदहरुले ।

लामो समय देखि नेकपा एमालेमा सक्रिय कार्यकर्ताको रुपमा रहेका बुढा २०७० सालमा नेकपा एमाले जिल्ला कमिटि डोल्पाका पार्टि सचिव बनेका थिए । सरकारी जागिर छोडेर राजनितिमा सक्रिए भएका बुढा कम उमेरमै पार्टिको धेरै जिम्मेवारी तहमा पुगेका थिए । स्थानीय तहको निर्वाचनमा नगरप्रमुखको दावी गरेका बुढा पार्टिको सहमतिमै पछि हटेर प्रदेशसभा सदस्यमा अत्याधिक मतले बिजयी भएका थिए । पार्टिमा गरेको योगदान र क्षमताकै आधारमा मन्त्री सम्म पुगेको पाटि भित्रका अग्रज बुद्धिजीवीहरु बताउछन । 

सधै ओझेलमा परेको डोल्पा जिल्लाबाट प्रदेश मन्त्रीपरिषदमा मन्त्री बन्ने अबसर पाए पछि खुसियाली मनाउनेको कमि देखिदैन । जनताहरु भन्छन मन्त्री त बन्नु भयो खुसि छौ तर जनताको मतको कदर गरि सेवाको कमि महसुस नहोस ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’