2026-09-03 06:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टि सचिवबाट प्रदेश मन्त्री, डोल्पाली जनतामा खुसियाली

टेकबहादुर शाही | फागुन ७, डोल्पा | डोल्पाले संघिय सरकारको पहिलो पटक प्रदेश मन्त्री पाए पछि डोल्पाली जनताले खुसियाली मनाएका छन । नेकपा एमाले डोल्पा जिल्ला प्रदेश निर्वाचन क्षेत्र १ बाट कुल मतको ८२ प्रतिशत मत प्राप्त गरि प्रदशसभा सदस्यमा निर्वाचित भएका नन्दसिँह बुढा मन्त्री भएका हुन । उद्योग,पर्यटन बन तथा वातावरण मन्त्रालयको मन्त्री पदमा आईतबार जिम्मेवारी सम्हालेका छन । 

उद्योग, पर्यटन बन तथा वातावरणको भण्डार मानिने कर्णाली र डोल्पा जिल्लालाइ अझै समृद्धि बनाउन मद्धत पुग्ने भन्दै डोल्पाली जनताले खुसियाली मनाएका छन । कलिलै उमेरमा मन्त्री बनेका बुढाले जिम्मेवारी पाएको मन्त्रालयमा जिम्मेवारी पूर्वक काम गरि डोल्पालीको पहिचान बनाउने बिश्वास डोल्पाली जनताको छ । 

आइतबार मन्त्रीको सफथ खाइ उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री नन्दसिँह बुढाले पद ग्रहण मात्र ठुलो कुरा नभएकोले जनताले चाहे अनुसार जनताका काम पूरा गर्न सके मात्र मन्त्री भएको हु भन्ने गर्भ गर्ने जानकारि दिए । उनका अनुसार संघिय सरकारमा डोल्पाबाट प्रदेशमा पहिलो मन्त्री भएकोले डोल्पाली जनताको मात्र नभइ प्रदेश न ६ का जनताको भरोसालाइ आत्मसाथ काम गर्दै जाने बताए । 

राजनतिकि ईतिहासमा माथिल्लो ओहोदामा हाल सम्म सूचीमा परेको ईतिहास छैन डोल्पाको । २०६४ मा संबिधान सभाको निर्वाचन पछि डोल्पाबाट समानुपातिकाबाट सभासद बनेकी सत्या पाहाडीले शान्ती तथा पूण निर्माण मन्त्री बनेकी थिइन । त्यस पछि डोल्पाले संघिय सरकार बने पछि प्रदेश मन्त्री पाएको छ । नन्दसिंह बुढा पूरुषहरुमा डोल्पाबाट पहिलो मन्त्री हुन जो मन्त्रालयको जिम्मेवारी पाएका । यस भन्दा पहिला राज्य मन्त्री सम्म मात्र पाएका थिए डोल्पाका सांसदहरुले ।

लामो समय देखि नेकपा एमालेमा सक्रिय कार्यकर्ताको रुपमा रहेका बुढा २०७० सालमा नेकपा एमाले जिल्ला कमिटि डोल्पाका पार्टि सचिव बनेका थिए । सरकारी जागिर छोडेर राजनितिमा सक्रिए भएका बुढा कम उमेरमै पार्टिको धेरै जिम्मेवारी तहमा पुगेका थिए । स्थानीय तहको निर्वाचनमा नगरप्रमुखको दावी गरेका बुढा पार्टिको सहमतिमै पछि हटेर प्रदेशसभा सदस्यमा अत्याधिक मतले बिजयी भएका थिए । पार्टिमा गरेको योगदान र क्षमताकै आधारमा मन्त्री सम्म पुगेको पाटि भित्रका अग्रज बुद्धिजीवीहरु बताउछन । 

सधै ओझेलमा परेको डोल्पा जिल्लाबाट प्रदेश मन्त्रीपरिषदमा मन्त्री बन्ने अबसर पाए पछि खुसियाली मनाउनेको कमि देखिदैन । जनताहरु भन्छन मन्त्री त बन्नु भयो खुसि छौ तर जनताको मतको कदर गरि सेवाको कमि महसुस नहोस ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही