१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रजातन्त्रको संरक्षण र संवद्र्धन आवश्यक: पौडेल

७ फाल्गुन २०७४, सोमबार १०:०४

फागुन ७, तनहुँ | नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रजातन्त्रको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । 

अठसट्ठियौँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति तनहुँद्वारा आज दमौलीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले संविधान कार्यान्वयनको चरणमा रहेकाले प्रजातन्त्र र लोकतन्त्रलाई जीवन्त राख्न तमाम नेपालीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

निर्वाचनपछि मुलुक आर्थिक समृद्धिमा अगाडि बढेकाले जनताले परिवर्तनको अनुभूति गर्ने उहाँको विश्वास छ । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कलिला खान, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, प्रदेशसभा सदस्यद्वय डोबाटे विक र सरिता गुरुङ, पूर्व सांसद रामचन्द्र पोख्रेल, एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, जिसस उपप्रमुख पवित्रा पौडेललगायतले लोकतान्त्रिक मूल्य मान्यताको उचित संरक्षण हुनुपर्ने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह