Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

विदेशको कमाइले यसरी ल्याईयो थबाङमा एम्बुलेन्स

२०७४, ८ फाल्गुन मंगलवार ०२:३६

फागुन ८, रोल्पा । रोजगारीका लागि विदेशिएका थबाङ्गीले चन्दा संकलन गरेर एम्बुलेन्स खरिद गरेका छन् । 

बेलायतमा बस्ने नेपालीले सहयोग अभियान नै थालेर एम्बुलेन्स खरिद गरेका हुन् । २ वर्षअघि सञ्चालित अभियानबाट ३२ लाख रुपैयाँ संकलन भयो । चन्दा संकलनबाटै गाउँमा एम्बुलेन्स आएपछि सशस्त्र द्वन्द्वको मुख्य उद्गम स्थल थबाङका स्थानीयवासी निकै खुसी छन् । यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौ ।

थबाङमा सडक सञ्जाल पुगेपछि विदेशमा रहेका ‘लाहुरे’ ले एम्बुलेन्स खरिद गर्न पहल थालेका थिए । ‘सडक पुगेपछि गाउँलाई एम्बुलेन्स चाहिने आवश्यकता बोध भयो,’ अभियानका मुख्य पहलकर्ता पूर्वबेलायती सेना ओमबहादुर रोकामगरले भने, ‘आखिर हामीले नगरे गाउँलेलाई कसले सहयोग गर्छ भन्ने उद्देश्य राखेपछि अहिले अभियान सफल बन्दै गएको छ ।’

बेलायतमै बसोबास गरे पनि बेलाबेलामा जन्मथलो थबाङ आइरहने ओम र उनका कान्छा भाइ हिक्मतसिंहले गाउँका लागि यस्ता धेरै काम गर्दै आएका छन् । हिक्मतसिंह पनि पूर्वबेलायती लाहुरे हुन् । दाङमा रहेका उनीहरूका जेठा दाइ देवबहादुरले पनि थबाङका लागि यतैबाट सहयोग जुटाउँदै आएका छन् ।

एम्बुसेन्स खरिदका लागि चलाएको अभियानबाट अहिलेसम्म ३२ लाख ५५ हजार ९ सय ९ रुपैयाँ संकलन भएको छ । अभियान जारी छ । बेलायतस्थित थबाङ्गी समाजको पहलमा आर्थिक संकलन अभियान थालिएको थियो । 

‘आफू जन्मेको गाउँका लागि सहयोग गर्न पाउँदा हामीले भाग्यमानी भएको महसुस गरेका छौं,’ अभियानकर्ता रोकामगर भन्छन्, ‘लाहुरेको पहलमा संकलित रकममध्येबाट करिब १४ लाख रकम खर्चेर एउटा एम्बुलेन्स थबाङ पुर्‍याइएको छ ।’ बचेको रकमबाट अर्को एम्बुलेन्स खरिद गर्ने वा अरू काम गर्ने भन्नेबारेमा छलफल भइरहेको उनले बताए ।

माओवादीले सुरु गरेर करिब एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वका बेला स्थानीयलाई भरपर्दो स्वास्थ्य सेवा पाउन असम्भव जस्तै थियो । ‘कसरी बाँच्ने भन्ने चिन्ताले हामीले अरू सोच्न पाएनौं, त्यसपछिको शान्ति प्रक्रियाको समय पनि त्यसै बित्यो,’ माओवादी सशस्त्र युद्धका बेला रोल्पाको जेलबाङ आक्रमणमा दायाँ हात गुमाएका थबाङका लपबहादुर रोकाले भने, ‘अब विस्तारै हाम्रा आधारभूत आवश्यकता पनि पूरा हुँदैछन् ।’ 

शान्ति प्रक्रियापछि राजनीतिक परिवर्तन भए पनि गाँस, बास, कपासलगायतका आधारभूत आवश्यकताकै लागि चिन्ता गर्नुपरेका बेला गाउँमा एम्बुलेन्स आउनु खुसीको कुरा भएको उनले बताए ।

एम्बुलेन्स नै किन ?

अघिल्लो वर्षको वर्षायाममा सुत्केरी हुन नसकेपछि थबाङकी एक दलित महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत राजधानी पुर्‍याउनु पर्‍यो । सडक मार्गबाट सम्भव नभएकाले परिवार र थबाङ्गीको सहयोगमा ती महिलालाई राजधानी पुर्‍याइएको थियो । त्यो घटनालाई विदेश बसेरै देखेका लाहुरेहरूले गाउँका लागि एम्बुलेन्स खरिद गर्न आर्थिक संकलन सुरु गरेका थिए ।

ओमबहादुरका अनुसार बिरामीले दु:ख पाएको देखेपछि आफ्नो पेन्सन काटेर पनि एम्बुलेन्स खरिद गर्ने निर्णय गरिएको हो । ‘बिरामी उपचार गर्नबाट वञ्चित भएपछि हामीले एम्बुलेन्स किन्ने रकम जुटाएर गाउँमा एम्बुलेन्स सञ्चालन गर्ने योजना बनाएका थियौं,’उनले भने, ‘सबैको सहयोगलेसफल भयौं ।’

थबाङ घर भई रोल्पा अस्पातालमा कार्यरत स्वास्थ्यकर्मी उमेश बुढामगरले विदेशमा बस्ने लाहुरेको विशेष पहलमा एम्बुलेन्स खरिद गर्न सकिएकोमा खुसी मिलेको बताए । लाहुरेकै पहलमा यसअघि थबाङस्थित वीर बलभद्र उच्च माध्यमिक विद्यालयका लागि सहयोग संकलन गएिको थियो ।

सूचना प्रविधि पुर्‍याउन उक्त विद्यालयलाई चाहिने करिब २० वटा कम्प्युटर खरिद गर्ने कार्यको अगुवाइ गरिरहेका ओमकै भाइ हिक्मतसिंहले आउँदो वर्षमा ती कम्प्युटर थबाङ ल्याएर हस्तान्तरण गर्ने बताए। 

‘लाहुरे’ को यस्तो पहलप्रति साथ दिंदै विदेशमा काम खोज्न पुगेका अरू थबाङ्गीले समेत आर्थिक सहयोग संकलनमा मद्दत गर्दै आएको युवा विनप्रसाद पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ