१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश १ काँग्रेस संसदीय दलको नेतामा कोइराला

८ फाल्गुन २०७४, मंगलवार ०७:४५

फागुन ८, इनरुवा | प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन हुनुभएको छ । 

संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । 

संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध चयन हुनुभएको नेपाली काँग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिनुभयो । कोइराला काँग्रेसका सुनसरी सभापतिसमेत हुनुहुन्छ । 

कोइराला प्रदेशभाको निर्वाचनका बेला सुनसरी क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सांसदमा विजयी हुनुभएको थियो । 

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सुनसरीमा कोइरालाको कुशल नेतृत्व कै कारण सुनसरीमा काँग्रेसको राम्रो नतिजा आएको थियो । कोइरालालाई मंगलबार प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । 

रेडक्रसमा पुन: मेहता 

यसैबीच, नेपाल रेडक्रस सोसाइटी इनरुवाको सभापतिमा पुनः रामप्रसाद मेहता चयन हुनुभएको छ । सोमबार सम्पन्न भएको भेलाले पुनः मेहतालाई सभापति पदमा चयन गरेको हो । 

त्यसैगरी, उपसभापतिमा महिचन साह, सचिवमा कामेश्वर पण्डित र कोषध्यक्षमा कुमार ओझालाई सर्वसम्मतरुपले चयन गरिएको सदस्य वीरेन्द्र साहले जानकारी दिनुभयो । 

यस्तै, सदस्यमा वीरेन्द्र साह, योगेन्द्रप्रसाद मेहता, निरादेवी मेहता, सीता रिजाल, ब्रह्मदेव पण्डितलगायतको चयन भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह