२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय मातृभाषा कविता महोत्सव-२०७४ सम्पन्न

९ फाल्गुन २०७४, बुधबार १२:३९

फागुन ९, काठमाडौँ | अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७४ को अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव— २०७४’ को आयोजना गरेको छ। 

संसारभर छ हजारभन्दा बढी भाषा रहेको र २१ औँ शताब्दीसम्म आइपुग्दा आधा भाषा अर्थात तीन हजारभन्दा बढी भाषा लोप हुने स्थितिमा पुगेको छ । नेपालमा कुल १२३ भाषा छन् । राज्यको संरक्षण नपाएको तथा स्थानीय जनजातिले पनि बेवास्ता गरेका कारण कतिपय भाषा लोप हुने अवस्थामा पुगेको बताइएको छ । 

कार्यक्रममा नेपाल, मैथली, खस, दुमी, तामाङ, धिमाल गरी ३६ भाषाका ४४ कवि तथा कवयत्रीले कविता वाचन गरेका थिए । डेउडा, नेवारी, भोजपुरी, मैथली, धिमालजस्ता नृत्य पनि कार्यक्रममा देखाइएको थियो । 

सो अवसरमा भाषाशास्त्री प्रा डा नबलकिशोर राईले मुलुकमा रहेको विभिन्न भाषा र संस्कृति नेपालको सम्पत्ति भएको उल्लेख गर्दै त्यसलाई भावी सन्ततिसम्म जीवन्त राख्नका लागि राज्य र सम्बन्धित समुदायले विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो । 

सो महोत्सवका संयोजक श्रवण मुकारुङले मातृ भाषा तथा साहित्यको विकासमा परापूर्वकालदेखि नै कवितालाई शक्तिशाली विधा मानिएको र कवितामार्फत नै भाषाको विकास तथा परिमार्जन हुँदै आजको स्थितिमा आइपुगेको छ भन्नुभयो । 

उहाँले विभिन्न भाषाका ४४ कविता महोत्सवका लागि छनोट भएको पनि जानकारी दिनुभयो । 

प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले नेपाल प्रज्ञा–प्रतिष्ठानले देशमा रहेका विभिन्न मातृभाषाको संरक्षणका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ