२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा ४० भाषाको कविता प्रस्तुती

९ फाल्गुन २०७४, बुधबार १६:४५

फागुन ९, काठमाडौं । अन्र्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय मातृभाषा कविता महोत्सव सम्पन्न गरेको छ । विभिन्न समुदायको झाँकीसहित प्रभातफेरी गर्दै प्रज्ञा भवनको डबलीमा आईपुगेर महोत्सवको उद्घाटनमा ४० भाषाको कविता प्रस्तुति भएको छ ।

मातृभाषा विकासको लागि साहित्यको उत्कृष्ठ पाटोको रुपमा कवितालाई लिएकोले राष्ट्रिया कविता महोत्सवको आयोजना गरेको कार्यक्रम संयोजक तथा प्रज्ञा सदस्य श्रर्वणकुमार मुकारुङले बताए । मुकारुङले भाषालाई राज्यले उचित नीति बनाएर अवसरको सिर्जना गर्नुपर्ने बताउँदै नेपालमा बोलिने १२३ भाषाको संरक्षणतर्फ लाग्न आग्रह गरे ।


त्यस्तै प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख अम्बर गिरीले अन्र्तराष्ट्रिय मातृभाषा दिवसलाई विमर्श र कविता प्रतियोगिता महोत्सवको रुपमा विकास गर्दै अगाडी बढेको बताए । उनले मातृभाषाको विकासका निम्ति मूल्यांकनको विषयवस्तुको बनाई सबै भाषालाई संविधानले राष्ट्रियकरण गरिसके पनि संरक्षण गर्न नसकेको बताए । कविताको माध्यमबाट आफ्नो समुदायको पहिचान बनाउने भएकाले भाषा साहित्यबाट नै संस्कृति र इतिहास बचाउन सक्ने दावी गर्दै भाषालाई लोप हुनबाट बचाउन सबै समुदायले संरक्षण गर्नुपर्ने बताए ।


कार्यक्रममा प्राध्यापक डा. नवल किशोर राईले आफ्नो अस्तित्व र पहिचान भाषा भएकाले भाषाको संरक्षणमा राज्यले उचित व्यवस्थापन गर्न आग्रह गरे । उनले हरेक समुदायले बोलिने भाषा सरकारी कामकाजमा पनि महत्वका साथ प्राथमिकता दिनु पर्ने बताउँदै ध्यानाकर्षण गरे । 


प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा विभिन्न समुदायबाट ४४ छनोट कवितामध्ये ४० प्रतियोगीको कविता प्रस्तुति भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै