२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा ४० भाषाको कविता प्रस्तुती

९ फाल्गुन २०७४, बुधबार १६:४५

फागुन ९, काठमाडौं । अन्र्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय मातृभाषा कविता महोत्सव सम्पन्न गरेको छ । विभिन्न समुदायको झाँकीसहित प्रभातफेरी गर्दै प्रज्ञा भवनको डबलीमा आईपुगेर महोत्सवको उद्घाटनमा ४० भाषाको कविता प्रस्तुति भएको छ ।

मातृभाषा विकासको लागि साहित्यको उत्कृष्ठ पाटोको रुपमा कवितालाई लिएकोले राष्ट्रिया कविता महोत्सवको आयोजना गरेको कार्यक्रम संयोजक तथा प्रज्ञा सदस्य श्रर्वणकुमार मुकारुङले बताए । मुकारुङले भाषालाई राज्यले उचित नीति बनाएर अवसरको सिर्जना गर्नुपर्ने बताउँदै नेपालमा बोलिने १२३ भाषाको संरक्षणतर्फ लाग्न आग्रह गरे ।


त्यस्तै प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख अम्बर गिरीले अन्र्तराष्ट्रिय मातृभाषा दिवसलाई विमर्श र कविता प्रतियोगिता महोत्सवको रुपमा विकास गर्दै अगाडी बढेको बताए । उनले मातृभाषाको विकासका निम्ति मूल्यांकनको विषयवस्तुको बनाई सबै भाषालाई संविधानले राष्ट्रियकरण गरिसके पनि संरक्षण गर्न नसकेको बताए । कविताको माध्यमबाट आफ्नो समुदायको पहिचान बनाउने भएकाले भाषा साहित्यबाट नै संस्कृति र इतिहास बचाउन सक्ने दावी गर्दै भाषालाई लोप हुनबाट बचाउन सबै समुदायले संरक्षण गर्नुपर्ने बताए ।


कार्यक्रममा प्राध्यापक डा. नवल किशोर राईले आफ्नो अस्तित्व र पहिचान भाषा भएकाले भाषाको संरक्षणमा राज्यले उचित व्यवस्थापन गर्न आग्रह गरे । उनले हरेक समुदायले बोलिने भाषा सरकारी कामकाजमा पनि महत्वका साथ प्राथमिकता दिनु पर्ने बताउँदै ध्यानाकर्षण गरे । 


प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा विभिन्न समुदायबाट ४४ छनोट कवितामध्ये ४० प्रतियोगीको कविता प्रस्तुति भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह