२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण

११ फाल्गुन २०७४, शुक्रबार ०१:२५

फागुन ११, काठमाडौँ । कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् ।

बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो ।


१३ वर्षमै उनको विवाह भएको थियो । १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान भएको उनले बताइन् । ‘सानो उमेरमै दुई सन्तान भइसके, त्योभन्दा बढाउन डर लाग्यो, त्यसैले अप्रेसन गराएँ,’ उनले भनिन् । यो खबर नयाँ पत्रिका दैनिकमा छ ।

सानै उमेरमा बिहे गर्नुहुँदैन भन्ने थाहा नभएको उनले बताइन् । आमा बनेपछि मात्रै छिटो बिहे गरेको महसुस भएको उनले सुनाइन् । ‘सानैमा विवाह गरेर एउटा गल्ती त भइहाल्यो,’ मनीषाले भनिन्, ‘धेरै बच्चा जन्माएर अर्को गल्ती नहोस् भनेर समयमै बन्ध्याकरण गरेकी हुँ ।’

सानै उमेरमा बन्ध्याकरणका लागि आएको देख्दा जिल्ल परेको जिल्ला अस्पताल डोटीका डा. गिरिश अवस्थीले बताए । ‘सुरुमा त आफन्तको बन्ध्याकरणका लागि साथमा आउनुभएको होला जस्तो लागेको थियो,’ डा. अवस्थीले भने, ‘उहाँले आफ्नै बन्ध्याकरण गराउन आएको बताएपछि अचम्म लाग्यो ।’

सानैमा विवाह गरेर एउटा गल्ती त भइहाल्यो, धेरै बच्चा जन्माएर अर्को गल्ती नहोस् भनेर अहिले नै अप्रेसन गरेकी हुँ : मनीषा बोहरा

बन्ध्याकरण गर्नेमा महिला धेरै

डोटीमा सञ्चालन गरिएको शिविरमा बन्ध्याकरण गर्ने पुरुषभन्दा महिला धेरै रहेको अस्पतालको तथ्यांक छ । जिल्लाका १२ स्थानमा भएको शिविरमा एक सय ५९ महिला तथा ६५ पुरुषले स्थायी बन्ध्याकरण गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाइजर कपिलदेव जोशीले बताए । बन्ध्याकरण गर्ने अधिकांश महिला ३० देखि ३५ वर्षको रहेको उनले बताए ।

पुरुषहरू इच्छा नदेखाउने भएकाले महिलाले बन्ध्याकरण गर्ने गरेको उनको भनाइ छ । शिविरमा आएका महिलाका भनाइ उद्धृत गर्दै जोशीले भने, ‘श्रीमान् भारतमा काम गर्न जाने र बलियो काम गर्नुपर्ने भएका कारण बन्ध्याकरण गर्न मान्नुहुन्न, त्यसैले हामी आएका हौँ भन्ने गरेका छन् ।’

२० वर्षमुनिका एक हजार गर्भवती

डोटीमा २० वर्षमुनिका एक हजार १६ जना महिला गर्भवती रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । गत वर्ष तीन हजार सात सय ३६ जना महिला गर्भवती भएका थिए ।

सानै उमेरमा विवाह गरेका उनीहरूका स्वास्थ्य समस्याको जोखिम उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सतिश विष्टले बताए । उनले भने, ‘बालविवाह ठूलो चुनौतीका रूपमा रहेको छ ।’ यसले महिलाको स्वास्थ्यमा मात्रै नभएर सामाजिक तथा आर्थिक रूपमा पनि असर पारिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै