२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सात नम्बर प्रदेशका मन्त्रालयमा भद्रगोल !

१२ फाल्गुन २०७४, शनिबार ०१:५७

फागुन १२, कैलाली  ।  खटाइएका कर्मचारी नपुग्दा प्रदेश नम्बर ७ का मन्त्रालय व्यवस्थापनमा समस्या भएको छ । मन्त्रालयका भवन निर्धारण भएपनि मर्मत र रंगरोगन अझै सकिएको छैन ।

कार्यस्थलसहित कर्मचारी नहुँदा अलमलमा परेका मन्त्रीहरु विभिन्न कार्यालय र योजनाको अनुगमन भन्दै समय कटाइरहेका छन् । 

मन्त्री नियुक्त भएपछि सुरु गरिएको आन्तरिक व्यवस्थापन अत्यन्तै सुस्त छ । 

प्रदेश मुकाम तोकिएको डेढ महिना बित्दा पनि मन्त्रालय भवनको मर्मत र रंगरोगन जारी छ । उत्साही भएर मन्त्रालय छिरेका मन्त्रीले राम्रो कार्यकक्षसमेत पाएका छैनन् । मन्त्रीकै कार्यकक्षमा विद्युत, टेलिफोनजस्ता अत्यावश्यक सेवा छैन । खटाइएका कर्मचारीसमेत नपुग्दा आन्तरिक व्यवस्थापनको जिम्मेवारी कसलाई सुम्पिने भन्नेमा मन्त्री नै अन्योलमा छन् ।

प्रदेश नम्बर ७ का विषयगत मन्त्रालयमा २ सय ८७ कर्मचारीको दरबन्दी छ । तर, केन्द्र सरकारले खटाएका अधिकांश कर्मचारी कार्यालयमा हाजिर भएका छैनन् । कर्मचारी नै नहुँदा व्यवस्थापकीय काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा त इञ्जिनियर, लेखापाल र कार्यालय सहयोगी गरी ३ कर्मचारी मात्रै छन् । मन्त्रालयमा सचिवसमेत नभएपछि एकपछि अर्को योजना अगाडि सार्नेमा महत्वकांक्षामा रहेका मन्त्री कसरी काम अगाडि बढाउने भन्ने अलमलमा छन् ।

केन्द्र सरकारले पर्याप्त कर्मचारी नपठाउँदा र पठाएका पनि समयमै नपुग्दा समस्या भइरहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । कार्यालयगत संरचना तयार नभएकाले पुगेका कर्मचारी पनि कसो गर्ने भन्ने अन्योलमा छन् । केन्द्र सरकारले सम्बन्धित क्षेत्रको दक्ष कर्मचारी पठाए मात्रै प्रदेशका मन्त्रालय सहजरुपमा चल्ने मुख्यमन्त्री कार्यालयको बुझाइ छ ।

कर्मचारी र पूर्वाधार नहुँदा मन्त्रीहरु प्रायः कार्यालय बाहिर नै रहन्छन् । कार्यालयगत काम नभएका कारण मन्त्रीहरु विभिन्न कार्यालय र योजनाको अनुगमन भन्दै घुमिरहेका छन् । तर, स्थानीय भने आफ्नै कार्यालय व्यवस्थापन गर्न नसक्ने मन्त्रीले के गर्लान भन्ने प्रश्न उठाउन थालेका छन् । – न्युज-२४बाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य