2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपालको आफ्नै भू-उपग्रह: भयो यस्तो सम्झौता

फागुन १२, काठमाडौं । नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ। 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू-उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

भू-उपग्रहसम्बन्धी अध्ययन/अनुसन्धान गर्न नास्टले माघ ३ गते जापानको क्युटेक (क्युस इन्स्टिच्युट अफ टेक्नोलोजी) सँग सम्झौता गरेको नास्टका उपकुलपति डा.जीवराज पोखरेलले जानकारी दिए।

नास्टले यो इन्स्टिच्युटमा भू-उपग्रहसम्बन्धी अध्ययन गर्न दुई वर्षका लागि दुई जना इन्जिनियरलाई जापान पठाउने भएको छ। नास्टले इलेक्ट्रोनिक इन्जिनियर हरेराम श्रेष्ठलाई जापान पठाउन छनोट गरिसकेको छ भने अर्का एक प्राविधिकको छनोट कार्य जारी राखेको छ।

नेपालमा भू-उपग्रहबारे जानकार जनशक्ति नभएका कारण अध्ययनका लागि प्राविधिकलाई जापान पठाउन लागिएको हो। दुई जनामध्ये एक जनालाई इन्स्टिच्युटले पूर्ण छात्रवृत्ति दिने भएको छ भने अर्का एक जनाको खर्च सरकारले नै व्यहोर्नु पर्नेछ। नास्टले यसका लागि अर्थ मन्त्रालयसँग करिब १ करोड ८० लाख बजेट माग गरेको छ। 

तर, अर्थले भने बजेट उपलब्ध गराउने स्वीकृति जनाए पनि अझै उपलब्ध भने भइनसकेको उपकुलपति पोखरेलले जनाए। उनले भने, ‘हामीले तीन महिनाअघि नै बजेट माग गरेका हौं, अर्थले दिन्छु पनि भनेको हो तर अझै हामीले बजेट पाएका छैनौं।’

विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव सुरेन्द्र सुवेदीले बजेटका लागि अर्थसँग छलफल भइरहेको बताए।उनले भने, ‘भू-उपग्रहका लागि हार्डवेयरतर्फ सहयोग गर्छौं, अध्ययनका लागि करोडभन्दा बढी बजेट विनियोजन गर्न सहज हुँदैन कि भन्ने अर्थको मनसाय देखियो।’

नास्टकै पहलमा जाइकाजस्ता संस्थासँग छात्रवृत्तिका लागि पहल गर्न अर्थ मन्त्रालयले जोड दिएको छ। यसका लागि अर्थले स्वीकृति दिने जनाएको छ। नास्टले भने अर्थले बजेट विनियोजनमा ढिलाइ गर्दा प्राविधिकलाई अध्ययनका लागि जापान पठाउन ढिलाइ भइरहेको गुनासो गरेको छ।

नास्टका उपलकुलपति पोखरेलका अनुसार अर्को वर्षको अगस्टमा भू-उपग्रह प्रक्षेपण गर्ने तयारीसाथ काम भइरहेको छ। अमेरिकाको फ्लोरिडाबाट उक्त भू-उपग्रह प्रक्षेपण हुनेछ। न्यानो साइज (१० सेन्टिमिटर) को भू-उपग्रह नेपालकै पहिलो उपग्रह हुनेछ। सन् १९५७ मा तत्कालीन सोभियत संघले अन्तरीक्षमा पहिलो मानवरहित यन्त्र भू-उपग्रह पठाएपछि त्यसको एक वर्षपछि अमेरिकाले पनि भू-उपग्रह अन्तरीक्षमा पठाएको थियो। 

विकसित देशबीच भू-उपग्रह प्रक्षेपण गर्नेबारे प्रतिस्पर्धा नै देखिन्छ। छिमेकी भारतले पनि दुई वर्षअघि एकैपटक १०५ वटा भू-उपग्रह प्रक्षेपण गरेर विश्वकीर्तिमान कायम गरेको छ।

विज्ञान मन्त्रालयका प्रवक्ता सुवेदीले सानो आकारको भए पनि अन्तरीक्षमा नेपालको पहिलो उपस्थिति जनाउने भएकाले यसको महत्व धेरै भएको प्रतिक्रिया दिए। उनले भने, ‘यो १० केजीभन्दा पनि सानो हुनेछ तैपनि भू-उपग्रहको करिब ६० वर्ष पुरानो इतिहासमा नेपालको पनि उपस्थितिले सकारात्मक सन्देश जान्छ।’

सानो आकारको यो भू-उपग्रहले डाटा संकलन र तस्बिर खिच्न सकिने नास्टको विश्वास छ। नास्टले गर्ने अनुसन्धानका काममा यसले ठूलो सहयोग पुग्नेछ। अहिले नेपालको आफ्नै भू-उपग्रह नहुँदा टेलिकम्युनिकेसन र प्रसारणसम्बन्धी सेवाका लागि विदेशीको भर पर्नुपर्ने बाध्यता छ। 

भारतले दक्षिण एसियाली मुलुकका लागि भन्दै छुट्टै सार्क भू-उपग्रहसमेत प्रक्षेपण गरिसकेको छ। नास्टकै कतिपय अधिकारीले भने बिना पूर्वतयारी भू-उपग्रह प्रक्षेपणजस्तो महत्वाकांक्षी योजना अगाडि बढाउन खोजेको आरोप लगाएका छन्। उनीहरूले चर्चाका लागि हचुवाका भरमा यो योजना ल्याइएकाले सफल हुनेमा आशंका व्यक्त गरेका छन्।

अहिले नेपालको आफ्नै भू-उपग्रह नहुँदा टेलिकम्युनिकेसन र प्रसारणसम्बन्धी सेवाका लागि विदेशीको भर पर्नुपर्ने बाध्यता छ। भारतले दक्षिण एसियाली मुलुकका लागि भन्दै छुट्टै सार्क भू-उपग्रहसमेत प्रक्षेपण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई