१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताले परिवर्तनको महसुस गर्ने खालको काम गर्छु : मुख्यमन्त्री पौडेल (भिडियो सहित)

१२ फाल्गुन २०७४, शनिबार १३:१८


प्रज्वल पौडेल । फाल्गुन १२, काठमाण्डौ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले
जनताले परिवर्तनको महसुस गर्ने खालको काम गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाका
जनतालाइ प्रभावित पार्ने किसीमका योजना छनौट गर्न आग्रह गर्नुभयो । नेकपा एमाले
रामेछाप काठमाण्डौ सम्पर्क मञ्‍चले राजधानीमा गरेको एक कार्यक्रममा बोल्दै उहाँले
यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले विकास आफै नआउने भएकाले
कहाँबाट पाउने हो खोजेर ल्याउन लाग्‍नुपर्ने बताउनुभयो । उहाँले यो पहिलो आर्थिक
बर्षमा १३ वटै जिल्लाले १/१ वटा नमूना काम गर्नुपर्ने भएकाले आफ्नो जिल्लाको
आवश्यकता अनुसार योजना अगाडि बढाउनुपर्ने धारणा राख्‍नुभयो ।


मुख्यमन्त्री पौडेलले
विकास र समृद्धिका सबालमा भाषण मात्र नगरी काम गरेर देखाउने बताउनुभयो । उहाँले
भन्‍नुभयो –
"बजेटमा
सबै सरकारका राम्रा नीति र कार्यक्रम हेर्दा राम्रो भएपनि कार्यान्यन पक्ष फितलो
भएकाले नराम्रो देखियो । व्यवहारमा हेर्दा नीति र कार्यक्रम एक अक्षरमा पनि लागु
भएको छैन । व्यवहारमा नीति र कार्यक्रम भन्दा 
बाहिर रहेर काम गरेकाले विकासले गति लिएन ।
" अब हामी त्यसको विरुद्धमा लाग्‍ने र घोषणा गरेका
नीति कार्यक्रम कार्यान्यन गरेर प्रदेशलाइ समुन्‍नत बनाउने पौडेलले प्रतिवद्धता
व्यक्त गर्नुभयो ।
उहाँले सबैको साथ र सहयोगबाट मात्रै शान्त, समृद्ध एवम् विकसित प्रदेश निर्माणका हुने भएकाले सबैको सहयोग
आवश्यक रहेको बताउनुभयो ।
 



पौडेलले
६० भन्दा बढी कानुन बनाउनुपर्ने भएकाले कानुन निर्माण पश्चात मात्र प्रदेशको
हैसियत स्पष्ट भएर विकासले गति लिने धारणा राख्‍नुभयो । इजरायलको उदाहरण दिदै
मुख्यमन्त्री पौडेलले कृषिलाई व्यवसायीकरण र औद्योगीकरण नगरी मुलुक आर्थिक रूपमा
सबल नहुने भएकाले यसका लागि कृषिमा नयाँ संरचना र नीति नियमको आवश्यक रहेको धारणा
राख्‍नुभयो ।

कार्यक्रममा
सम्पर्क मञ्‍चले एमाले वरिष्ठ नेता झलनाथ खनाल, मुख्यमन्त्री पौडेल, रामेछाप जिल्लाका प्रतिनिधी र प्रदेश
सभाका सांसदलाइ बधाइ तथा सम्मानित गरेको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह