2026-09-18 09:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाई चाउमिन-पिज्जाको सेवन अत्यधिक गर्नुहुन्छ ? यस्तो हानिकारक छ

फागुन १३ काठमाण्डौ | कतिपय मानिसहरु घरमा बनेको खानेकुरा भन्दा बजारमा भेटिने ‘रेडी टु इट फुड’ को शौखिन हुन्छन् | 

बजारमा पाइने मोनो सोडियम ग्लुटामेटको सेवन बढी मात्रामा गरिरहेका हुन्छन्। मोनो सोडियम ग्लूटामेट अर्थात एमएसजी स्वास्थ्यका लागि कति खतरनाक छ भन्ने धेरैलाई जानकारी नहुन पनि सक्छ। प्याकेटमा ‘नो एडेडे एमएसजी’ को लेवल देखेर कतिपय मानिसहरु यसलाई सुरक्षित मान्छन तर त्यसमा पनि मोनो सोडियम ग्लूटामेटको मिसावट हुन्छ ।

के हो मोनो सोडियम ग्लूटामेट ?

ग्लूटामेट एक प्रकारको प्राकृतिक एमिनो एसिड हो जुन दूध, च्याउ र माछा जस्ता थुप्रै खाद्य पदार्थहरुमा पाइन्छ । मोनो सोडियम ग्लूटामेटलाई कारखानामा बनाइन्छ । यसको प्रयोग स्वाद बढाउने पदार्थको रुपमा गरिन्छ ।

बढिजसो चाइनिज खानेकुरा, नुडल्सका मसला, पिज्जा, चिप्स, बट्टामा बन्द तरकारी, सूप र प्रशोधित मासुमा यसलाई मिसाइन्छ । खाद्य सुरक्षासँग सम्वन्धित संसारभरका तमाम संस्थाहरुमा एमएसजीको प्रयोगलाई लिएर सँधै विवाद पर्दै आएको छ । यस विवादका कारण धेरै उत्पादकहरुले आफ्नो प्याकेटमा ‘नो एडेड एमएसजी’ लेख्न थालेका छन् ।

प्याकेटमै यस्तो लेखिएको देखेपछि तपाईं यसलाई सायद सुरक्षित सम्झिनुहुन्छ । तर, तपाईं गलत हुनुहुन्छ । धेरै उत्पादनहरुमा ‘नो एडेड एमएसजी’ लेखिने भए तापनि यसमा एमएसजी हुन सक्छ, किनकी उपरोक्त टिप्पणीको अर्थ हो, यस उत्पादनलाई बनाएपछि एमएसजी मिसाइएको छैन । जबकि बनाउने क्रममा यो उत्पादन प्रयोग गरिएको हुन सक्छ ।

एमएसजीको प्रभाव

एमएसजीको प्रयोग सुरु भएयताका ३० वर्षमा संसारभरमिा टाइप २ डाइबिटिजका रोगीहरुको संख्या ३० गुणा बढेको पाइन्छ । यसैबाट थाहा हुन्छ कि एमएसजी कति हानिकारक चिज हो । साथै यसको प्रयोगले गर्दा संसारभर बच्चाहरुमा मोटोपना बढिरहेको छ ।

किन हानीकारक छ एमएसजी ?

-एमएसजीको प्रकृति नशाजस्तो हुन्छ । एकपटक एमएसजीयुक्त खाद्यपदार्थ खाएपछि बारम्बार यही खान मन लाग्छ ।

-एमएसजीको सेवनले शरीरमा इन्सुलिनको मात्रा प्रभावित हुन्छ । त्यसैले यसले टाइप २ डाइबिटिजको खतरालाई बढाउँछ ।

-एमएसजीको सेवनले आँखाको ज्योती प्रभावित हुन्छ र तपाईंको रेटिनामा असर गर्न सक्छ ।

-यसको सेवनले मुटुको धड्कन बढ्नुका साथसाथै मुटुसम्वन्धी तमाम रोगहरुको सम्भावना बढ्छ । यसका अलावा छातिको दुखाई पनि हुन सक्छ ।

-एमएसजीयुक्त पदार्थहरुको अधिक सेवनले मोटोपनाको सम्भावना बढ्छ । बच्चाहरु र युवाहरुमा मोटोपानाको एउटा ठूलो कारण फास्टफुड्स र प्याकेज्ड फुड्समा प्रयोग हुने एमएसजी पनि हो ।

-एमएसजीले हाम्रो शरीरको न्यूरोन्सलाई पनि प्रभावित गर्छ । त्यसैले यसको लगातार सेवनले हाम्रो दिमागी क्षमतामा पनि प्रभाव पर्छ । एमएसजीयुक्त पदार्थहरुको सेवनले अल्जाइमर्स, पार्किन्सन्स जस्ता मस्तिष्कका रोग पनि हुन सक्छन् ।

-एमएसजीयुक्त पदार्थहरुको सेवनले बाँझोपना पनि हुन सक्छ किनकी यसको प्रयोगले गर्भमा रहेको बच्चालाई भोजन पुर्‍याउने नली प्रभावित हुन्छ । यसबाट भ्रुणको विकास नै हुन पाउँदैन ।

-एमएसजी मिसाइएको आहारा खाँदा रक्तचाप बढ्नुका साथै मुटु रोगको सम्भावना पनि बढ्छ ।

-यसको लगातार प्रयोगले माइग्रेनदेखि टाउको दुख्ने समस्या उत्पन्न हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई