पार्टी केन्द्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पार्टी केन्द्"/>

2026-07-05 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस संसदीय दलको विधान अनुमोदन

2018-02-25

भीष्मराज ओझा / फागुन १३, काठमाडौँ | नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आज ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गरेको छ । 


पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन प्रक्रियाको गृहकार्य गर्न समिति गठन गरेको छ । बैठकले नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्दम्बे र नवीन्द्रराज जोशी सदस्य रहेको समिति गठन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । समितिले संसदीय दलको नेता चयनका लागि सर्वसम्मति वा निर्वाचन प्रक्रियालाई पूर्णता दिन आवश्यक गृहकार्य गर्नेछ । 

काँग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको शनिबार बसेको संयुक्त बैठकले काँग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो । नेपालको संविधानबमोजिम दुई सदनात्मक व्यवस्थापिकानुसार काँग्रेसले पार्टी संसदीय दलको विधान परिमार्जन गरी पारित गरेको छ । 

बैठक प्रारम्भ गर्दै सभापति शेरबहादुर देउवाले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको गम्भीर समीक्षा गरेर प्राप्त निष्कर्षबमोजिम पार्टीलाई अघि बढाउने सन्दर्भमा आगामी बैठकमार्फत निर्णय गरिने जानकारी दिनुभएको थियो । 


चौधौँ महाधिवेशनको माग 

बैठकमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पार्टी पराजयका कारण, काँग्रेस नेतृत्वको सरकारबाट भएका र पार्टी नेतृत्वका कमजोरी तथा आगामी दिनमा पार्टीमा गर्नुपर्ने सुधारका लागि सुझावसहितको चार पृष्ठको लिखित प्रस्ताव राख्नुभएको थियो । 

पार्टीको महासमिति बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्रअनुरुप नयाँ विधान पारित गरी पार्टीको संगठन तलदेखि माथिसम्म तत्काल बनाउन चौधौँ महाधिवेशनमा तुरुन्तै जानुपर्ने नेता पौडेलको प्रस्तावमा उल्लेख छ । “टिकट वितरणमा भएको मनोमानीले गर्दा योगदान भएका र सक्षम लोकप्रिय साथी उम्मेदवारीबाट वञ्चित भए जसले गर्दा मैले पटक पटक बैठक छोडेर हिँड्नुपर्नेसम्मका नौवत आइलाग्यो, परिणाम जित्ने ठाउँमा हारियो पनि”, प्रस्तावमा जनाइएको छ । 

प्रस्तावमा निर्वाचनमा काँग्रेसको पराजयको मुख्य कारण पार्टीको आन्तरिक शक्ति अत्यन्त कमजोर हुनुलाई औँल्याइएको छ भने दुई कम्युनिष्ट दलको गठबन्धनलाई सहायक कारण भनिएको छ । उक्त प्रस्ताव सम्बन्धमा बैठकमा छलफल नभएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । सभापति देउवाले उक्त विषयमाथि संसदीय दल नेताको निर्वाचनपछि छुट्टै बैठक राखिने बताउनुभएको थियो । 

शपथपछि नेता चयन 

काँग्रेसले बहुदलीय संसदीय शासन प्रणालीमा सांसद पद तथा गोपनीयताको शपथ ग्रहण नगरी कुनै पनि सदस्य संसदीय दलको नेता वा कार्यसमिति सदस्य हुनयोग्य नहुने निष्कर्ष निकालेको छ । काँग्रेसले सांसदको शपथ नगराई प्रधानमन्त्री बनाउन हतारो गरेजस्तो नगर्ने निष्कर्ष निकाल्दै सांसदको शपथपछि मात्र संसदीय दलको नेता वा कार्यसमिति चयन गर्ने प्रवक्ता शर्माले बताउनुभयो । संघीय संसद्को बैठक यही फागुन २१ गतेका लागि बोलाइएको छ । 

महामन्त्री डा शशांक कोइरालाले बैठकमा आफूले संसदीय दलको नेता सर्वसम्मत चयन गर्न सुझाव दिएको जानकारी दिनुभयो । बैठकमा बोल्ने अधिकांश सदस्यले निर्वाचनमा पार्टीले सोचेअनुरुपको परिणाम नआई कमजोर भएको परिस्थितिमा संसदीय दलको नेताका लागि निर्वाचन नभई सर्वसम्मत रुपमा गर्नुपर्ने सुझाव दिनुभएको थियो । 

बैठकले काँग्रेस सभापति देउवा नेतृत्वको सरकारले संविधानबमोजिम राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि गरेको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन नगरेकामा आपत्ति जनाउँदै संविधानको उल्लङ्घन भएको निष्कर्ष निकालेको छ । बैठकमा केन्द्रीय सदस्य डा रामशरण महत, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्बे, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, धनराज गुरुङ, पुष्पा भुसाल, मीन विश्वकर्मा, सीता गुरुङ, चीनकाजी श्रेष्ठ, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, विश्वप्रकाश शर्मा, रमेश लेखक र आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले आआफ्ना धारणा राख्नुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै