२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिमी वायुको प्रभावले बदली र वर्षा

२०७४, १३ फाल्गुन आईतवार ११:५९

फागुन १३, काठमाडौँ | पश्चिमी वायुको प्रभावका कारण आज देशभर बदली हुनाका साथै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । 

शनिबार रातिदेखि प्रवेश गरेको उक्त वायुको प्रभावले बदली गराएको र उच्च पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि मौसमी विवरण साँझ मात्र आउने भएकाले अहिले कुन क्षेत्रमा कति वर्षा भएको छ भन्ने यकिन विवरण आइसकेको छैन । 

पश्चिमी वायुको प्रभाव देशका मध्य र पश्चिमी भेगमा आज रातिसम्म रहने र सोमबार बिहान पूर्वी भेगबाट बाहिरिने मौसमविद् राजु प्रधानाङ््गले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार अपराह्नदेखि मौसममा नियमित झैँ सुधार आउनेछ । जाडो याम भएकाले सामान्य बदली हुने क्रम अझै केही दिन जारी रहनेछ । यसअघि यही फागुन १० गते साँझ काठमाडौँ उपत्यकासहित उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षा भएको थियो । स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको सामान्य असरले देशभरका पहाडी भेगमा बदली र एक दुई स्थानमा हल्का वर्षा गराएको थियो । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकतम २४ र न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ । सबैभन्दा बढी दिपायलको ३१.५ डिग्री सेल्सियस छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से