२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यू​ ​योर्कमा कविता वाचन तथा अन्त्यहीन इच्छाको लोर्कापण

१४ फाल्गुन २०७४, सोमबार ०२:२४

फागुन १४, अमेरिका । २०१८ का दिन न्यू​ ​योर्क​ ​स्थित ज्याक्सन हाइटस् हिमालयन याकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरले अनेसास बोर्ड अफ ट्रष्टी उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार गीता खत्रीको साझा प्रकाशनबाट प्रकाशित छैठौं पुस्तक कृति अन्त्यहीन इच्छा कथासंग्रहको लोर्कापण कार्यक्रम तथा कविता बाचन कार्यक्रमको आयोजना गरेको थियो ।  


पानसमा बत्ती बालेर कार्यक्रमको थालनी भएको थियो भने नेपाली र अमेरिकी राष्ट्रिय गीत बजाउदै कार्यक्रमलाई अगाडि बढाइएको थियो । पञ्चकन्याबाट कृतिको लोर्कापण गरियो भने कृति समिक्षा साहित्यकार तथा वाणिज्यदूत कृसु क्षेत्रीबाट भएको थियो । 

महावाणिज्यदूत मधुकुमार मरासीनीले लामो समयदेखि विदेशमा बसेर नेपाली भाषासाहित्यको विकास र उन्नयनमा साहित्यकार गीता खत्रीले पु¥याउनु भएको योगदानको प्रशंसा गर्दै हार्दिक बधाई तथा शुभकामना दिनु भयो । अनेसास न्यूयोर्क च्याप्टरकी उपाध्यक्ष साहित्यकार शकुन ज्ञवालीले कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो । 


बीस जनाभन्दा बढी साहित्य सर्जकहरुले आआफ्नो कविता बाचन गर्दै साहित्यकार गीता खत्रीलाई नेपालको सबैभन्दा जेठो प्रकाशन संस्था साझा प्रकाशनबाट कृति प्रकाशन भएकोमा हार्दिक बधाई तथा शुभकामना दिर्दै आआफ्नो कविता बाचन गर्नु भएको थियो । 

कार्यक्रमको विर्सजन अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो भने कवि लक्ष्मी श्रेष्ठले सफतापूर्बक कार्यक्रक संचालन गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह