फागुन १४, काठमाडौँ | शनिवार अबेर राती जब भारतमा एक सो भईरहेको थियो तब दुबईबाट आएको खबरले सबैलाई हैरान बनाइदियो | खबर यति धेरै भयानक थियो कि धेरैले अबेरसम्म पनि एकिन गर्न सकेनन् र धेरैजसोले मृत्युको खबर अफवाहको रुपमा लिएर श्रीदेवीको स्वास्थ्यको प्राथना गर्न थाले |
तर केहि समय पछी उनको मृत्यु भएको खबर पुष्टि भयो कि उनले साच्चै यो संसार छाडीसकेकी थिइन् |
अहिलेसम्म प्राप्त जानकारी अनुसार उनि दुबईमा एक विवाह समारोहमा गएकी श्रीदेवीलाई अचानक हृदयघात भएको थियो |
दुब्ली, सारीरिक रुपमा निकै फिट रहने, योगा र कार्डिएक कसरत गरिराख्ने श्रीदेवीलाई कसरी हृदयघात (हर्ट-अट्याक) भयो ? धेरै अचम्मित समेत भएका छन् |
हृदयघात केहि ? यो मानिसको शरीरको लागि यति खतरनाक किन साबित हुन्छ ? र यो हर्ट-फेल भन्दा कसरी फरक छ ?
हर्ट डट ओआरजीको अनुसार प्रायजसो, कार्डिएक अरेस्ट अचानक हुन्छ र शरीरले कुनै चेतावनी (मलाई हर्ट-अट्याक हुँदैछ भन्ने संकेत) पनि पाउन सकिन्न |
यसको कारण प्राय मुटुमा हुने इलेक्ट्रिकल गडबडीनै हो, जसले धड्कनको तालमेल बिगार्छ | जब अट्याक हुन्छ तब मुटुको पम्प गर्ने क्षमतामा असर पर्छ र लगत्तै दिमाग, मुटु वा सरिरको अन्य अंगहरुमा रगत संचालन समेत रोकिन्छ | यसो हुनासाथ मानिस बेहोश हुन्छ | छोटो अवधीकै बेहोस अवस्था (जो केहि मिनेट मात्र) मा यदी समयमै उपचार हुन सकेन भने कार्डिएक अरेस्ट भएको केहि सेकेन्ड वा मिनटमै मृत्यु हुन्छ |
यसको मतलव बढीमा केहि मिनेटमै उपचार गराउन नसक्ने हो भने कार्डिएक अरेस्ट हुँदा मृत्यु निश्चितप्राय हुन्छ |
डाक्टरको अनुसार यसको कारण अलग-अलग हुन्छ | प्राय यसको कारण मुटुमा ठूलो असरनै हो | "तर ५४ बर्षकै उमेरमा मृत्यु हुनेसम्मको हृदयघातको सम्भावना कम हुन्छ |" सायद श्रीदेवीलाई अन्य कुनै समस्या पहिलेदेखिनै हुनसक्ने बताइएको छ |
ब्रिटिश हर्ट-फाउन्डेशनको अनुसार जब मानिसको शरीरमा रगत दिने पम्पले काम गर्दैन तब दिमाग़मा अक्सीजनको मात्रा कम हुन्छ | यस्तो हुँदा मानिस बेहोश हुन्छ र स्वास-प्रस्वास बन्द हुन थाल्छ |
सबैभन्दा असहज कुरा के छ भने कार्डिएक अरेस्ट हुनु अघि यसको कुनै लक्षण देख्न सकिन्न | यही कारण पनि कार्डिएक अरेस्ट हुँदा मृत्यु हुने खतरा बढ्छ | जब अकस्मात अरेस्ट हुन्छ तब कसैलाई गुहार माग्नेसम्मको अवस्था बिरामीमा हुँदैन | त्यस्तो अवस्था एक्लै हुँदा भएको छ भने मृत्यु निश्चित छ भने कोहि सँगै हुँदा तत्काल उपचारमा लान सकियो भने मात्र बाच्ने सम्भावना हुन्छ |
यस्तो रोगमा मुटुको इलेक्ट्रिकल गतिविधिहरु यतिसम्म बिग्रन्छ कि त्यसले धड्कननै बन्द गर्छ र सरिर काप्न थाल्छ | कार्डिएक अरेस्ट हुने कयौं कारण हुन सक्छन्, तर मुटुसँग जोडिएका केहि रोगहरुले यस्तो हुने आशंका बढाउँछ | जस्तै कोरोनरी हर्ट को रोगी, हर्ट-अट्याक, कार्डियोमायोप्याथी, क्यानजेनिटल हर्टको रोगी, हर्ट भल्वसम्बन्धि समस्या, मुटुको मांसपेसी इनफ्लामेसन, लंग क्यूटी सिम्ड्रोम जस्तो डिसअर्डर लगायत केहि अन्य कारण पनि कार्डिएक अरेस्ट हुन सक्छ | त्यस्तै बिजलीको झड्का लाग्दा, आवश्यकता भन्दा बढी ड्रग्स लिँदा, पानीमा डुब्दा पनि यस्तो अट्याक आउन सक्च्छ |
हो, कयौं पटक छाती मार्फत इलेक्ट्रिक शक दिँदा कार्डिएक अरेस्ट पनि रिकवरगर्न सकिन्छ | यसको लागि डिफिब्रिलेटर नामक टूलको प्रयोग हुन्छ | यस्तो उपचार प्राय सबै ठूला अस्पतालमा पाउन सकिन्छ |
तर अरेस्ट भएलगत्तै नजिक अस्पताल वा डिफिब्रिलेटर छैन भने के गर्ने ? त्यसको पनि एउटा आइडिया छ, CPR | यसको मतलव कार्डियोपल्मोनरी रिससिटेशन | यसमा दुवै हात छातीको सिधा राखेर बिरामीको छातीमाथिबाट जोडले दबाव दिनुपर्छ | यसमा मुख मार्फत हावा पनि पुर्याइन्छ |
कार्डियोभ्यास्कुलर रोगका कारण संसारका बार्षिक करीब १.७ करोडको मृत्यु हुन्छ | यो कुल मृत्युको ३० प्रतिशत हो | विकासशील देशको कुरा गर्ने हो भने त यो एचआईभी, मलेरिया र टीबीको संयुक्त मृत्युको दोब्बर मुटुसम्बन्धी रोगको सिकार हुन्छन |
संसारमा कार्डिएक अरेस्टबाट बच्ने सम्भावनाको दर एक प्रतिशत भन्दा कम छ तर अमेरिकामा भने करीब ५ प्रतिशत बाच्छन् | त्यसैले पनि भन्न सकिन्छ कि कार्डिएक अरेस्टबाट बच्ने सम्भावना त्यति सहज छैन |