१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

१४ फाल्गुन २०७४, सोमबार १०:०४

फागुन १४, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । 

मुख्यमन्त्री राउतले आज मुख्यमन्त्री निवासमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा प्रदेश नं २ मा सुशासन कायम गर्नका लागि उक्त प्रतिबद्धता जारी गर्नुभएको हो । 

उक्त प्रतिबद्धता पत्रमा प्रदेशभित्र पूर्ण रुपमा सुशासन कायम गरिने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने, नीतिगत रुपमा गरिने भ्रष्टाचार स्वीकार्य नहुने, प्रदेशको दैनिक प्रशासनमा ढिलासुस्ती सहन गर्न नसकिने, प्रदेशका सेवाग्राही जनतालाई सरकारी कर्मचारीले २४ घण्टाभित्र काम पूरा गर्नुपर्ने, सेवाग्राहीको हितलाई ध्यानमा राखेर प्रदेश मुख्यमन्त्रीको कार्यालय मातहत हेल्लो प्रदेश सरकारको स्थापना गरिने त्यसका लागि निःशुल्क टेलिफोन सेवापछि सार्वजनिक गरिने र प्रदेशको कर्मचारीले राष्ट्रसेवक कर्मचारी भनेको जनताको सेवक हो भन्ने सन्देश जनतामा प्रवाहित गर्ने कुरा उल्लेख गरिएको छ । 


प्रतिबद्धता पत्रमा इमेल [email protected] लगायत अन्य विद्युतीय माध्यमबाट समेत जनताले आफ्ना गुनासा सिधै मुख्यमन्त्री कार्यालयमा टिपाउन सक्ने र इमेलबाट प्राप्त जनताका गुनासा उपर कार्वाही भए नभएको जानकारी उजुरीकर्तालाई दिइने, ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद हुने खालका कार्यक्रमका लागि सञ्चारमाध्यम प्रयोग गरी सञ्चालन गरिने बताइएको छ । 

त्यसैगरी प्रदेशका विभिन्न ठाउँ जस्तै गाउँपालिका, नगरपालिका, वडा तथा टोललगायत विभिन्न ठाउँमा मुख्यमन्त्री जनताको घरदैलोमा गई प्रदेश सरकारप्रति रहेका गुनासा सुन्ने र उक्त गुनासाको सम्बोधन गर्ने प्रयास गरिने कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ । 

प्रदेशका जनतालाई दैनिक उपभोग्य वस्तु र सेवामा हुने कालाबजारी वा महँगी नियन्त्रणका लागि प्रभावकारी रुपमा बजार भाउको अनुगमन गरिने, अवैध रुपमा भइरहेको मदिरा बेचबिखन तथा सेवनलाई आवश्यक नीति बनाई नियन्त्रित गरिने र वन्य जन्तु तस्करी, प्राकृतिक स्रोत साधन दोहन तथा वन फँडानी कार्यलाई तत्कालन रोकिने कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ । 

मुख्यमन्त्री राउतले प्रदेशको विकासका लागि पाँच ‘स’ का साथ अगाडि बढ्ने बताउनुभएको छ । उहाँले सुशासन, शिक्षा, स्वास्थ्य, सडक र सिँचाइलाई विशेष प्राथमिकतामा राखेर प्रदेशको विकासको खाका कोर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह