४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अतिप्रभावित १४ जिल्लामा एक लाख दुई सय छत्तीस घरको पुनर्निर्माण सम्पन्न

१४ फाल्गुन २०७४, सोमबार १०:३७

फागुन १४, काठमाडौँ । भूकम्प अतिप्रभावित १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राही निजी आवास पुनःनिर्माण प्रक्रियामा संलग्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । 

आजसम्म प्राधिकरणमा प्राप्त तथ्यांकअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका कूल छ लाख ६७ हजार ६६२ लाभग्राहीमध्ये छ लाख १० हजार ५०० भूकम्पपीडितसँग अनुदान सम्झौता भएको छ । 


सोमबारसम्म एक लाख २३६ घरको पुनःनिर्माण सम्पन्न भएको छ । तीन लाख ३२ हजार ३२१ घर पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो । 

पाँच वर्षको कार्यादेशसहित सरकारले २०७२ पुस १२ गते प्राधिकरणको स्थापना गरेको थियो । प्राधिकरणले निजी आवास पुनःनिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । यही अनुपातमा आवास पुनःनिर्माणको काम अघि बढे आगामी वर्षात्अघि ६० प्रतिशत आवास पुनःनिर्माण भइसक्ने उहाँले बताउनुभयो । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल आवास पुनःनिर्माणको समयसीमा तोकिएको र प्राविधिकहरु स्थानीयस्तरमा परिचालन गरिएकाले आवास निर्माणले गति लिएको बताउनुहुन्छ । 

“निर्माणकर्मी तालीम व्यापक रुपमा सञ्चालन गरिएको एवं निर्माण सामग्री तथा काठको आपूर्ति सहज भएकाले जिल्लामा घर बनाउने लाभग्राहीको संख्या उल्लेख्य रुपमा बढेको छ । वर्षात्अघि करिब ६० प्रतिशत लाभग्राहीलाई छानोमुनि ल्याउने लक्ष्य पूरा हुनेमा हामी विश्वस्त छौँ”, उहाँले भन्नुभयो । 

प्राधिकरणले जनप्रतिनिधि तथा लाभग्राहीसँग अन्तत्र्रिmया गरेर पुनःनिर्माणका लागि थप प्रोत्साहन गरिरहेको जनाएको छ । भूकम्प कम प्रभावित १८ जिल्लामा बनिसकेका र बन्दै गरेका घरको विवरण प्राधिकरणको केन्द्रीय सूचना प्रणालीमा समाविष्ट नभएकाले निर्माणाधीन र निर्माण सम्पन्न घरको संख्या अझै बढ्ने छ । 

कम प्रभावित जिल्लाका कूल एक लाख ४३ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ९० हजार ८५० को पछिल्लो तथ्याङ्क आउने क्रममा रहेको सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख मनोहर घिमिरेले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल