2026-08-26 11:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​प्रदेश १ को राजधानी र नामकरण छिट्टै गरिन्छ: मुख्यमन्त्री राई

फागुन १४, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताउनुभएको छ । 

मुख्यमन्त्रीमा निर्वाचित भएपछि आज पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

नयाँ पूर्वाधार नयाँ संरचना खडा गर्दै जाने र विकास तथा समृद्धिका प्रतिबद्धतालाई पूरा गर्ने दायित्व प्रदेश सरकारको काँधमा रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “भ्रष्टाचारमुक्त समाजको निर्माण, दण्डहीनताको अन्त्य र अपराधजन्य घटना रोक्नका लागि शून्य सहनशीलता अपनाउने निर्णय गरिनेछ ।” 

नागरिकको सम्मान र सुशासनका लागि नागरिकसँग प्रहरी कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने जानकारी गराउँदै मुख्यमन्त्री राईले भन्नुभयो, “एक महिनाभित्रमा प्रहरीको टोलीले प्रत्येक घरको मूलद्वारमा स्टिकर टाँस्ने र सो स्टिकरमा स्थानीय, इलाका र जिल्ला प्रहरीका महत्वपूर्ण टेलिफोन वा मोबाइल नम्बर समेत समावेश गरिने छ ।” 

मन्त्रिमण्डल विस्तारको सम्बन्धमा मुख्यमन्त्री राईले भन्नुभयो, “आर्थिक अवस्थालाई हेक्का गरेर चुस्त दुरुस्त मन्त्रिमण्डल बनाइनेछ ।” 

सरकारको नीति तथा कार्यक्रमअन्तर्गत ‘आफ्नो बाटोमा आफैँ हिँड्ने नीतिअनुरुप’ १०० दिनको कार्यलाई प्राथमिकतामा राखेर आ–आफ्ना जिल्ला र क्षेत्रको महत्वपूर्ण कार्यमा केन्द्रित हुन प्रदेशसभा सदस्यलाई आह्वान गर्दै उहाँले प्रदेश नं १लाई नमूना प्रदेश बनाउनका लागि आगामी पाँच वर्षको कार्ययोजना तयार गरी कार्य गरिने जानकारी गराउनुभयो । 

दिउँसो बैठक शुरु हुनासाथ सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईलाई आफ्नो सम्बोधनका लागि समय दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ