३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​प्रदेश १ को राजधानी र नामकरण छिट्टै गरिन्छ: मुख्यमन्त्री राई

१४ फाल्गुन २०७४, सोमबार १०:४९

फागुन १४, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताउनुभएको छ । 

मुख्यमन्त्रीमा निर्वाचित भएपछि आज पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 


नयाँ पूर्वाधार नयाँ संरचना खडा गर्दै जाने र विकास तथा समृद्धिका प्रतिबद्धतालाई पूरा गर्ने दायित्व प्रदेश सरकारको काँधमा रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “भ्रष्टाचारमुक्त समाजको निर्माण, दण्डहीनताको अन्त्य र अपराधजन्य घटना रोक्नका लागि शून्य सहनशीलता अपनाउने निर्णय गरिनेछ ।” 

नागरिकको सम्मान र सुशासनका लागि नागरिकसँग प्रहरी कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने जानकारी गराउँदै मुख्यमन्त्री राईले भन्नुभयो, “एक महिनाभित्रमा प्रहरीको टोलीले प्रत्येक घरको मूलद्वारमा स्टिकर टाँस्ने र सो स्टिकरमा स्थानीय, इलाका र जिल्ला प्रहरीका महत्वपूर्ण टेलिफोन वा मोबाइल नम्बर समेत समावेश गरिने छ ।” 

मन्त्रिमण्डल विस्तारको सम्बन्धमा मुख्यमन्त्री राईले भन्नुभयो, “आर्थिक अवस्थालाई हेक्का गरेर चुस्त दुरुस्त मन्त्रिमण्डल बनाइनेछ ।” 

सरकारको नीति तथा कार्यक्रमअन्तर्गत ‘आफ्नो बाटोमा आफैँ हिँड्ने नीतिअनुरुप’ १०० दिनको कार्यलाई प्राथमिकतामा राखेर आ–आफ्ना जिल्ला र क्षेत्रको महत्वपूर्ण कार्यमा केन्द्रित हुन प्रदेशसभा सदस्यलाई आह्वान गर्दै उहाँले प्रदेश नं १लाई नमूना प्रदेश बनाउनका लागि आगामी पाँच वर्षको कार्ययोजना तयार गरी कार्य गरिने जानकारी गराउनुभयो । 

दिउँसो बैठक शुरु हुनासाथ सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईलाई आफ्नो सम्बोधनका लागि समय दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली