२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीदेवीको मृत्यु रहश्यमयी बन्दै: श्रीमान बोनी कपुरमाथिनै १० प्रश्न !

१४ फाल्गुन २०७४, सोमबार १८:५५

फागुन १५, काठमाडौँ | दुबईको होटल जुमेराह ईमारत टावरमा भएको श्रीदेवीको मृत्युको राज खुल्दै गईरहेको छ । भारतीय संचार माध्यमहरुले प्रत्यक घण्टा उनको मृत्युसँग जोडिएका नयाँ-नयाँ खुलाशा गरिरहेका छन् । 

मृत्युको कारण कार्डिएक अरेस्टबाट सुरु भएर रक्सि पिएको र बाथटबमा डुबेकोसम्म पुगेको छ । दुबई प्रहरीको बयान अनुसार, "श्रीदेवीले रक्सि पिएकी थिइन् र बाथरूममा अनकन्ट्रोल भएर बाथटबमा लडेकी थिइन् जहाँ उनको मृत्यु भएको थियो ।" मृत्युको घटनाक्रम र पछिल्लो रिपोर्टले कयौं यस्ता प्रश्न खडा गरिदिएको छ, जसले श्रीदेवीको मृत्युलाई थप रहश्यमयी बनाइदीएको छ … | यसै अनुरुपको आशंकामा दुबई प्रहरीले कपुरसँग ३ घण्टासम्म बयान लिएको बताइएको छ | त्यस्तै श्रीदेवीको कलरेकर्डमा पनि मगाइएको छ |


माथिको तश्विरमा: श्रीदेवी आफ्नो श्रीमान बोनी कपुरको साथमा ..

प्रश्न १:

बोनी कपूर आफ्नो भान्जाको विवाहमा श्रीमती र सानी छोरीसँग दुबई गएका थिए । तर विवाह सकिएलगत्तै उनि फर्किए । आखिर उनि एक दिनको लागि श्रीदेवीलाई छाडेर किन फर्किए ? फेरी श्रीदेवीलाई सरप्राइज दिन भन्दै किन दुबई फर्किए ? 

प्रश्न २:

डाक्टरहरुले प्रश्न गरेका छन् कि यदी बाथटबमा लडेर उनको मृत्य भएको हो भने श्रीदेवीको सरिरमा कुनै ठोक्किएको वा कुनै दाग किन छैन ?

प्रश्न ३:

आखिर श्रीदेवीले कति रक्सि पिएकी थिइन् ? जो आफै पनि कन्ट्रोल हुन सकीनन् ? किनकी उनको पारिवारिक साथी अमर सिंहले दिएको जानकारी अनुसार श्रीदेवी कहिलै हार्ड ड्रिंक (रक्सि) लिन्थीनन्, तर कहिलेकाहीं सार्वजनिक रुपमा वाइन सेवन गर्ने गरेकी थिइन् ।

प्रश्न ४:

यदी ३ औं प्रश्न सहि हो भने के उनलाई जबर्जस्ति वा करकापमा रक्सि पिलाईएको थियो र बाथटबमा फ्याकिएको थियो ? 

प्रश्न ५:

बाथरूममा श्रीदेवी छिर्नु अघिनै बाथटब पानीले कसरी भरिएको थियो ? के जाना-जान बाथटबमा पानी भरिराखिएको थियो ? 

प्रश्न ६:

बोनी कपूरले मृत्यु भएको थाहा पाए लगत्तै प्रहरीलाई फोन नगरी किन साथीलाई फोन गरे ?

प्रश्न ७:

पोस्टमार्टम रिपोर्टमा बाथटबमा डुब्नाले मृत्यु भएको कुरा भनिएको छ, जुन कुरा पत्यार लाग्दो छैन । किनकी त्यो बाथटब थियो, कुनै स्वीमिङ पूल थिएन, जसमा एउटी नर्मल मान्छे लडेर उठ्न सकेन ।


प्रश्न ८:

भान्जाको विवाह सकिएपछी श्रीदेवी आफ्नी बहिनीसँग दुबईमै बसेकी थिइन् । उनि आफ्नो बहिनीसँग समय बिताउन चाहन्थिन् । तर मीडिया रिपोर्टमा बताइएको छ कि श्रीदेवी मृत्यु अघि ४८ घण्टादेखि होटलबाट बाहिरनै निस्केकी थिईनन् ।

प्रश्न ९:

जब रात ९ बजे श्रीदेवीलाई यत्रो बज्रपात आईपर्यो, तब किन यो खबर आधी रातपछी मात्र बाहिर थाहा दीईयो ?

प्रश्न १०:

होटल स्टाफले कुराकानीको क्रममा बताएका छन् कि दुबईको समय अनुसार करीब रात १०:३० बजे श्रीदेवीले पानी अर्डर गरेकी थिइन् । सेवा दिनको लागि होटलको कर्मचारी करिव १५ मिनेटमा उनको कोठामा पुग्यो । उसले ढोकाको घन्टी बजायो, तर ढोका खुलेन । यस्तो अवस्थामा के आशंकाले होटलको अलार्म बटन दबाईयो र ढोका तोडियो ? भित्र जाँदा श्रीदेवी बाथरूम फ्लोरमा लडिरहेकी थिइन् । उनको पल्स चलिरहेको थियो । त्यसबेला ११ बजेको थियो । यदी घटना यस्तै भएको भने घटना थप रहश्यमयी बनेको छ । होटल स्टाफले भनेको कुराकानीलाई आधार मान्ने हो भने घटनामा बोनी कपूर गायब छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान