2026-07-27 03:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रोल्पाको परिवर्तन गाउँपालिका ५ र ९ पुर्ण सरसफाई उन्मुख टोल घोषणा

मनिषा राई/फागुन १५, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका सोमबार जिल्लाको तेस्रो पूर्ण सरसफाई उन्मुख गाउँको रुपमा घोषित भएको छ । 

परिवर्तन गाउँपालिका वडानं. ५ सिमाटोल र वडा नं. ९ राङखुङ टोल जिल्लामा तेस्रो पूर्ण सरसफाई उन्मुख गाउँको रुपमा घोषित भएको हो । सोमबार सो गाउँलाई एक  औपचारिक कार्यक्रमका वीच जिल्लाकै तेस्रो पूर्ण सरसफाई उन्मुख गाउँको रुपमा घोषणा गरिएको छ ।

१ नगरपालिका र ९ गाउँपालिका रहेको रोल्पालाई वि.सं.२०७८ (सन २०२२) सम्ममा पूर्ण सरसफाई युक्त जिल्ला वनाउने लक्ष्य रहेको छ । यसै क्रममा जिल्लाका बिभिन्न टोलको पूर्ण सरसफाई उन्मुख अभियान तिव्र पािरएको छ । 

रोल्पाको माडी गाउपालिका वडा नं. ५ भावाङ गाउँ गत पौष २० गते वडाअध्यक्ष भरत बहादुर बुढामगरको सक्रियतामा जिल्लामै पहिलो पूर्ण सरसफाई उन्मुख गाउँको रुपमा घोषित भएको थियो । त्यस्तै गरी परिवर्तन गाउपािलका ५ रांकोटको जुमाराङसी टोललाई अध्यक्ष सुक बहादुर बुढाको सक्रियतामा जिल्लाको दोस्रो पूर्ण सरसफाई उन्मुख गाउको रुपमा घोषित गरीएको थियो ।

साविक राङसी गाविस वडा नंं ५ र ९ लाई जिल्लाको तेस्रो पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा गरेपछि जिल्लालाई खुला दिसामुक्त घोषणा गरे संगै सुस्ताएको रोल्पाको पूर्ण सरसफाई अभियानले अव तिव्रता पाउने भएको छ ।

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढामगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वोल्ने वक्ताहरुले सुस्ताएको अभियानले तिव्रता पाउनेमा आशा व्यक्त गरेका थिए । कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति रोल्पाका प्रमुख वुढाले जनप्रतिनिधि आए संगै सामाजिक अभियानले समेत तिव्रता पाउनेमा आफु आशावादी भएको वताउनुभयो ।

सरसफाई सभ्यताको सूचक भएको तर्क गर्दै पूर्ण सरसफाईका सवै विषय र सूचकहरु पालना गर्नुपर्ने वुढाको भनाई थियो । पूर्ण सरसफाई घोषणाको अवस्था सम्म आउन स्थानीय समुदायले ठूलो मेहनत गरेको वताउदै यसको दीगोपना र निरन्तरता जरुरी रहेको वुढाको सुझाव थियो ।

२०७२ साल पौष ९ गते रोल्पा जिल्लालाई देशकै २८ औं जिल्लाको रुपमा खुला दिसामुक्त घोषणा गरेपछि अभियानले अपेक्षाकृत गति लिन सकेको थिएन । पूर्ण सरसफाई अभियान आर्थिक पाटोसंग जोडिएकोले आगामी वर्षमा बजेट बिनियोजित गरेर अभियानको रुपमा अगाडि बढाउने परिवर्तन गाउपालिका अध्यक्ष निमकान्त डागीले बताउनुभयो ।

केही  प्राविधिक समस्याले अभियान सुस्ताएको जस्तो देखिए पनि अव भने तिव्रताका साथ अभियान अगाडी वढ्ने जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय रोल्पाका वास फोकल पर्सन डिल्लीराज न्यौपानेले बताउनुभयो । पूर्ण सरसफाई रणनैतिक योजना समयमै वन्न नसक्नु, स्थानीय तह निर्वाचन लगत्तै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुनु आदि कारणले अभियान सुस्ताएको भए पनि अव तिव्रता पाउने उहाको भनाई छ ।

जिल्लामा सत प्रतिशत घरमा आधारभूत सरसफाईको पहुँच हुनुका साथै झण्डै ९१ प्रतिशत घरमा आधारभूत खानेपानीको पहुँच रहेको जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय रोल्पाको तथ्यांक रहेको छ ।

परिवर्तन गाउपालिका २ का वडाअध्यक्ष तथा ध(धबकक अअ राङसीका अध्यक्ष हरिप्रसाद बुढाको अध्यक्षता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिं बिक, परिवर्तन गाउपालिका १ का वडाअध्यक्ष बम बहादुर पुनमगर, ६ का वडाअध्यक्ष भानसिं बुढामगर, जनसेवा मावि राङसीका प्रअ भिमप्रकाश पुनमगर, समाज कल्याण मञ्च बाग्लुङ जिल्ला शाखा सरसफाई अधिकृत अमृता कार्की, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण रोल्पाका परियोजना अधिकृत भोलानाथ आचार्य, जिल्ला समन्वय समितिका दामोदर सुवेदी, परिवर्तन गाउपालिका प्रमुख प्रशासकिय अधिकृत नन्दराम परियार, जिल्ला सवन्वय अधिकारी डम्वर बहादुर सुनार, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस परिवर्तन गाउपालिका २ का वलविर डागी, नेकपा एमालेका दिल बहादुर पुनमगर, नेपाल राष्ट्रिय आधारभुत बिधालय राङदुङ राङसीका प्रअ साधना घर्तीमगर, रोल्पा रेडियशन इङिलस बोर्डिङ स्कुलका प्रिन्सिपल कमल वली, प्राथमिक बिधालय पुत्लाचौरका प्रअ इन्द्र कुमारी घर्ती, प्रावि गोपेधाराका प्रअ नवराज केसि, प्रावि भलाकाका प्रअ कृष्ण बहादुर वली, प्रावि हेरिवनका प्रअ गणेश कुमार यादव, प्रावि सिमाका प्रअ छविलाल बाठा, प्रावि सेकमका प्रअ प्रतिष्ठा पुन, स्वास्थ स्वयम सेविका अमृता घर्तीमगर, बिधालय समाज कल्याण मन्च बाग्लुङका वास सहजकर्ता खिमलाल डागी, सुनिता केसि लगायतको आतिथ्यता रहेको थियो ।

जिल्लाको तेस्रो पूर्ण सरसफाई उन्मख गाउँ घोषणा कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सरकारी र गैरसरकारी निकायका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । स्वास्थ चौकी राङसीका इन्चार्ज दिपक घर्तीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन परिवर्तन गाउपािलका २ का सचिव नरेश कुमार वलीले गर्नूभएको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्थानियले बाजागाजा, सास्कृतिक प्रस्तुति  सहित भव्य रुपमा स्वागत गरेका थिए । कार्यक्रममा बिभिन्न बिधालय, आमा समुह, झाकी समुह, महिला स्वयम सेविका लगायतलाई प्रशंसा पत्र समेत बितरण गरीएको थियो । 

उक्त कार्यक्रम सामुदायिक रेडियो माडी आवाज ९८.६ मेघाहर्ज र सामुदायिक रेडियो मालश्री १००.५ मेघाहर्जबाट प्रत्यक्ष प्रशारण समेत गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली