४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामान्य रुपमा बढ्यो धितोपत्र बजार

१५ फाल्गुन २०७४, मंगलवार ११:०५

फागुन १५, काठमाडौँ | लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज भने उकालो लागेको छ । 

सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भएपछि शेयर बजारले स्वागत गरेको धितोपत्र बजारका जानकारहरुले टिप्पणी गरेका छन् । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार आज ५.८६ बिन्दुले उकालो लागेर एक हजार ३६४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.५१ बिन्दुले उकालो लागेर २८९.१६ बिन्दुमा पुगेको छ । 

आज कूल १५३ कम्पनीको ११ लाख ५१ हजार ९६५ कित्ता शेयर रु ५५ करोड ६८ लाख ६० हजार ३५७ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक र कारोबार रकममा बढोत्तरी भए पनि उपसूचक भने केही घटेका छन् भने केही बढेका छन् । बैंकिङ ५.८६, होटल ३१.२६, फाइनान्स ३.०३, अन्य ११.९ र माइक्रोफाइनान्स ०.९८ बिन्दुले उकालो लागेको छ । 

यस्तै विकास बैंक ०.३७, जलविद्युत् १.१६, बीमा २.६२ र उत्पादन समूह १०.४१ बिन्दुले ओरालो लागेको छ । लगानीकर्तामा सरकार विस्तारपछि सामान्य रुपमा प्रभाव पर्दा बजार केही उकालो लागेको जानकारहरुले बताएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद