२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सीमामा भारतीय डोजर: अनुमतिबिनै पुल र बाटो

१६ फाल्गुन २०७४, बुधबार ०२:०१

फागुन १६, काठमाडौँ । भारतीय पक्षले व्यास गाउँपालिकास्थित महाकाली नदीको सीमाक्षेत्रमा नेपालको अनुमतिबिनै बाटो निर्माण गरेको छ । 

वडा नम्बर १ र २ मा गरी काठका चारवटा अस्थायी पुल, डेढ सय मिटर सडक ट्रयाक र दुई किमि पैदल मार्ग बनाएको हो ।


घाटीबगडदेखि हेभी इक्युपमेन्ट लैजान मिल्ने डेढ सय मिटर सडक बनाइएको छ । घाटीबगड, तम्बाकु, थिकोभेल र दोपखेमा अस्थायी पुल हालिएको छ ।

सीमा क्षेत्रमा भारतीय पक्षले यति ठूलो निर्माण कार्य गराउँदा नेपाली प्रशासनले सुइँकोसम्म पाएन ।

कुन मितिमा पुल र बाटो निर्माण गरिएको भन्नेबारे आफूहरूलाई यकिन जानकारी नभएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । ‘कहिले निर्माण गरेको रहेछ, बुझ्दैछौं,’ उनले भने ।

प्रहरीको दुम्लिङस्थित अस्थायी पोस्टले सीमाक्षेत्रमा पुल र बाटो निर्माण भइरहेको थाहा पाएपछि फागुन १० गते नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोली यथार्थ बुझ्न खटिएको थियो ।

त्यस क्रममा भारतीय पक्षले महाकाली तारेर करिब डेढ सय मिटर परबाट ३ वटा डोजर भारतीय क्षेत्रमा पुर्‍याइसकेको देखियो । जबकि दुम्लिङबाट उक्त ठाउँ दुई घण्टाको पैदल दूरीभन्दा कम छ ।, आजको कान्तिपुरमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा