2026-10-29 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नगरपालिकामा केन्द्र सारिएको बिरोधमा दुनै बजार बन्द

टेकबहादुर शाही/फागुन १७, डोल्पा । डोल्पा जिल्लाको ठुलीभेरि नगरापालिकाको केन्द्र सारिएको भन्दै दुनै बजार बन्द गरिएको छ । 

नगरपालिकाको केन्द्र दुनै नै कायम गरिए पनि नगर प्रमुख र जनप्रतिनिधिहरुले झुक्कयाएर राति नै केन्द्र जुफालमा सारेको भन्दै दुनैका ४ वटा वडाका जनताले बिहानै देखि दुनै बजार बन्द गरि दिनभर आन्दोलन गरि नगरप्रमुखको पत्ला दहन गरेका छन । 

नगरपालिकाका ४ वटा वडाका जनताहरुको उल्लेख्य उपस्थितिमा दुनैमा दिनभर आन्दोलन र बन्द गरिएको २ नं. वडा अध्यक्ष देबि रोकायाले बताए । उनका अनुसार असार ३१ गतेका दिन भएको नगरसभामा नगरपालिकाको केन्द्र सार्ने बिषयमा कुनै पनि प्रस्ताब र छलफल नभएकोले नगरप्रमुख र केहि जनप्रतिनिधिहरुले जानसाजी गरि केन्द्र सार्ने निर्णय गरेको आरोप लगाए । उनले भने आमी जनताको लागि कुनै पनि मुल्य चुकाउन तयार छौ तर नगरपालिकाको केन्द्र सार्नेमा हामी सहमत छैनौ ।

जालसाजी नगरेको र नगरपालिकाको पहिलो नगरसभाले निर्णय गरे अन्ुसार नगरपालिकाको केन्द्र सरेको नगरप्रमुख गणेश बहादुर शाहीले जानकारि दिए । उनले भने अनुसार जनतलाइ जुफालबाट नै सेवा प्रबाह सहज हुने भएकोले पनि नगरसभाले निर्णय गरेको हो सरकारले गरेको निर्णय र नगरसभाले गरेको निर्णयको बिरुद्ध आफु जान नसक्ने बताए ।

नगरपर प्रमुखले नगरसभाको बैठकमा जनप्रतिनिधिहरुलाइ झुक्याएर निर्णय गरेकोले कुनै पनि हालतमा बुधबार जुफाल केन्द्रको लागि सरकारले गरेको निर्णय मान्न नहुने भन्दै दिनभर दुनै बजार तनावग्रस्त रह्यो । दिनभर आन्दोलनको समुहले बजार खुल्न दिएन भने आन्तरीक सड्क समेत अबरुद्ध गरेको छ । जनताको माग पुरा नभए कडा आन्दोलनमा कृयाकलाप गर्दै जाने र सरकारले गरेको निर्णय जनतको हित बिपरित भएको स्थानीय लालीमान बुढाले बताए ।

जनतालाइ झुक्याएर राती राती नगरपालिकोको केन्द्र सारेकोले कुनै पनि हालतमा यो निर्णय मान्य नहुने जनताहरुको भनाइ रहेको छ । बुधबार राजपत्रमा ३९ वटा स्थानीय तहको केन्द्र परिवर्तन भएर राजपत्रमा आएको थाहा पाए पछि ठुलीभेरि नगरपालिका वडा न १ देखि ४ सम्मका जनता आक्रोसित भएका हुन । 

अनिश्चीत कालिन बजार बन्द र सड्क अबरुद्ध गरेको स्थानीयले नगरप्रमुख मुर्दाबात राजिनामा दे जस्ता नारा लागाइ नगर प्रमुखको पुत्ला दहन गरेको आन्दालोनको अगुवाइ गरेका स्थानीय हिक्मत हामीले जानकारि दिए । उनले भने सरकारले यो निर्णय नस्च्याए सम्म आन्दोल जारी रहने बताए ।

गएको असार ३१ गते नगरसभाको बैठकमा नगरपालिकाको बजेट बिनियोजनको निर्णयमा केन्द्र सार्ने निर्णय थपि जालसाजी गरेर केन्द्र सारेको १,३,र ४ वडाका अध्यक्षको आरोप छ । उनिहरु भन्छन हामीलाइ नगरप्रमुखले झुक्याए जनताले हामीलाइ मार्न मात्र बाकी राखेका छन ।

कानुनि सायता लिएर कारवाहीको लागि पहल गर्ने र सरकारले गरेको निर्णय नसच्चिए सम्म आन्दोलन र बन्दका कृयाकलाप निरन्तर रहने स्थानीयहरु बताउछन । तर सरकार निर्णय गर्दा हस्ताक्षर भने बहुमतले गरेको अनुमान धेरैको रहेको छ । अब नगरसभा गरेर निर्णय सच्याउनु पर्ने माग जनताको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम