2026-07-05 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नगरपालिकामा केन्द्र सारिएको बिरोधमा दुनै बजार बन्द

2018-03-01

टेकबहादुर शाही/फागुन १७, डोल्पा । डोल्पा जिल्लाको ठुलीभेरि नगरापालिकाको केन्द्र सारिएको भन्दै दुनै बजार बन्द गरिएको छ । 

नगरपालिकाको केन्द्र दुनै नै कायम गरिए पनि नगर प्रमुख र जनप्रतिनिधिहरुले झुक्कयाएर राति नै केन्द्र जुफालमा सारेको भन्दै दुनैका ४ वटा वडाका जनताले बिहानै देखि दुनै बजार बन्द गरि दिनभर आन्दोलन गरि नगरप्रमुखको पत्ला दहन गरेका छन । 


नगरपालिकाका ४ वटा वडाका जनताहरुको उल्लेख्य उपस्थितिमा दुनैमा दिनभर आन्दोलन र बन्द गरिएको २ नं. वडा अध्यक्ष देबि रोकायाले बताए । उनका अनुसार असार ३१ गतेका दिन भएको नगरसभामा नगरपालिकाको केन्द्र सार्ने बिषयमा कुनै पनि प्रस्ताब र छलफल नभएकोले नगरप्रमुख र केहि जनप्रतिनिधिहरुले जानसाजी गरि केन्द्र सार्ने निर्णय गरेको आरोप लगाए । उनले भने आमी जनताको लागि कुनै पनि मुल्य चुकाउन तयार छौ तर नगरपालिकाको केन्द्र सार्नेमा हामी सहमत छैनौ ।

जालसाजी नगरेको र नगरपालिकाको पहिलो नगरसभाले निर्णय गरे अन्ुसार नगरपालिकाको केन्द्र सरेको नगरप्रमुख गणेश बहादुर शाहीले जानकारि दिए । उनले भने अनुसार जनतलाइ जुफालबाट नै सेवा प्रबाह सहज हुने भएकोले पनि नगरसभाले निर्णय गरेको हो सरकारले गरेको निर्णय र नगरसभाले गरेको निर्णयको बिरुद्ध आफु जान नसक्ने बताए ।


नगरपर प्रमुखले नगरसभाको बैठकमा जनप्रतिनिधिहरुलाइ झुक्याएर निर्णय गरेकोले कुनै पनि हालतमा बुधबार जुफाल केन्द्रको लागि सरकारले गरेको निर्णय मान्न नहुने भन्दै दिनभर दुनै बजार तनावग्रस्त रह्यो । दिनभर आन्दोलनको समुहले बजार खुल्न दिएन भने आन्तरीक सड्क समेत अबरुद्ध गरेको छ । जनताको माग पुरा नभए कडा आन्दोलनमा कृयाकलाप गर्दै जाने र सरकारले गरेको निर्णय जनतको हित बिपरित भएको स्थानीय लालीमान बुढाले बताए ।

जनतालाइ झुक्याएर राती राती नगरपालिकोको केन्द्र सारेकोले कुनै पनि हालतमा यो निर्णय मान्य नहुने जनताहरुको भनाइ रहेको छ । बुधबार राजपत्रमा ३९ वटा स्थानीय तहको केन्द्र परिवर्तन भएर राजपत्रमा आएको थाहा पाए पछि ठुलीभेरि नगरपालिका वडा न १ देखि ४ सम्मका जनता आक्रोसित भएका हुन । 

अनिश्चीत कालिन बजार बन्द र सड्क अबरुद्ध गरेको स्थानीयले नगरप्रमुख मुर्दाबात राजिनामा दे जस्ता नारा लागाइ नगर प्रमुखको पुत्ला दहन गरेको आन्दालोनको अगुवाइ गरेका स्थानीय हिक्मत हामीले जानकारि दिए । उनले भने सरकारले यो निर्णय नस्च्याए सम्म आन्दोल जारी रहने बताए ।


गएको असार ३१ गते नगरसभाको बैठकमा नगरपालिकाको बजेट बिनियोजनको निर्णयमा केन्द्र सार्ने निर्णय थपि जालसाजी गरेर केन्द्र सारेको १,३,र ४ वडाका अध्यक्षको आरोप छ । उनिहरु भन्छन हामीलाइ नगरप्रमुखले झुक्याए जनताले हामीलाइ मार्न मात्र बाकी राखेका छन ।

कानुनि सायता लिएर कारवाहीको लागि पहल गर्ने र सरकारले गरेको निर्णय नसच्चिए सम्म आन्दोलन र बन्दका कृयाकलाप निरन्तर रहने स्थानीयहरु बताउछन । तर सरकार निर्णय गर्दा हस्ताक्षर भने बहुमतले गरेको अनुमान धेरैको रहेको छ । अब नगरसभा गरेर निर्णय सच्याउनु पर्ने माग जनताको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै