१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ: मुख्यमन्त्री राई

१८ फाल्गुन २०७४, शुक्रबार ०८:५४

फागुन १८, इटहरी | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने जेसीज युवाको उदाहरणीय सिद्धान्त एवं प्रजातान्त्रिक शैलीबाट राज्य बनाउने शिक्षा लिँदै देश निर्माणको पक्षमा लाग्ने बताउनुभएको छ । 

मुख्यमन्त्री राईले बिहीबार सुनसरी जिल्लाको रामधुनी नगरपालिकाको झुम्का जेसीजको १३ पदस्थापन तथा झुम्का जेसीजको नयाँ भवनको उद्घाटन समारोहपछि सो कुरा बताउनुभएको हो । 

उहाँले प्राकृतिक सम्पदाको धनी १ नम्बर प्रदेशलाई समृद्धितिर लैजान जेसीजमा आबद्ध जेसीजका समाजप्रति समर्पित युवाको सकारात्मक सोच आवश्यक छ भन्नुभयो । 

उहाँले देशका अरु प्रदेशभन्दा पृथक ढंगले १ नम्बर प्रदेशलाई नमूना प्रदेश बनाउने प्रादेशिक सरकारको चाहानालाई घनिभूतरुपमा सफल तुल्याउन साझा अभियानमा सबैको छलफल एवं सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो ।  

उक्त कार्यक्रममा झुम्का जेसीजका नयाँ पदाधिकारीको पदस्थापन एवं वर्षभरि समाज सुधारमा उल्लेखनीय कार्य गर्नुहुने जेसीज पदाधिकारीलाई पुरस्कार एवं सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । उक्त अवसरमा प्रदेशमा विपक्षी दलका नेता एवं सांसद राजीव कोइराला रामधुनी नपाका प्रमुख जयप्रकाश चौधरी हेमराज फुयाल र सोम गौतमले पनि आआफ्नो विचार राख्नुभएको थियो । 

झुम्का जेसीजले रामधुनी नगरपालिका र जेसीज पदाधिकारीको सहयोगमा कूल रु १५ लाखको लागतमा एक कट्ठा जमिन क्षेत्रमा निर्माण गरिएको ५०० दर्शक क्षमताको झुम्का जेसीज भवन निर्माण गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह