2026-07-05 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ: मुख्यमन्त्री राई

2018-03-02

फागुन १८, इटहरी | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने जेसीज युवाको उदाहरणीय सिद्धान्त एवं प्रजातान्त्रिक शैलीबाट राज्य बनाउने शिक्षा लिँदै देश निर्माणको पक्षमा लाग्ने बताउनुभएको छ । 

मुख्यमन्त्री राईले बिहीबार सुनसरी जिल्लाको रामधुनी नगरपालिकाको झुम्का जेसीजको १३ पदस्थापन तथा झुम्का जेसीजको नयाँ भवनको उद्घाटन समारोहपछि सो कुरा बताउनुभएको हो । 

उहाँले प्राकृतिक सम्पदाको धनी १ नम्बर प्रदेशलाई समृद्धितिर लैजान जेसीजमा आबद्ध जेसीजका समाजप्रति समर्पित युवाको सकारात्मक सोच आवश्यक छ भन्नुभयो । 

उहाँले देशका अरु प्रदेशभन्दा पृथक ढंगले १ नम्बर प्रदेशलाई नमूना प्रदेश बनाउने प्रादेशिक सरकारको चाहानालाई घनिभूतरुपमा सफल तुल्याउन साझा अभियानमा सबैको छलफल एवं सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो ।  

उक्त कार्यक्रममा झुम्का जेसीजका नयाँ पदाधिकारीको पदस्थापन एवं वर्षभरि समाज सुधारमा उल्लेखनीय कार्य गर्नुहुने जेसीज पदाधिकारीलाई पुरस्कार एवं सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । उक्त अवसरमा प्रदेशमा विपक्षी दलका नेता एवं सांसद राजीव कोइराला रामधुनी नपाका प्रमुख जयप्रकाश चौधरी हेमराज फुयाल र सोम गौतमले पनि आआफ्नो विचार राख्नुभएको थियो । 

झुम्का जेसीजले रामधुनी नगरपालिका र जेसीज पदाधिकारीको सहयोगमा कूल रु १५ लाखको लागतमा एक कट्ठा जमिन क्षेत्रमा निर्माण गरिएको ५०० दर्शक क्षमताको झुम्का जेसीज भवन निर्माण गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै