२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

मालपोत कार्यालयमा घूस बाँडफाँट नमिल्दा कुटाकुट, ७ जनालाई नियन्त्रण

१९ फाल्गुन २०७४, शनिबार ०२:०७

फागुन १९, कैलाली | हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । कुटाकुट हुँदा एकजना सख्त घाइते भएको समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको’ उल्लेख छ।

बिहीबार कार्यालय समयमै कर्मचारीबीच घूस रकम बाँडफाँटका विषयमा कुटपिट भएपछि प्रहरीले ६ कर्मचारीलाई पक्राउ गरेको थियो । ‘मालपोत कार्यालयकै एक कर्मचारीले खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो,’ कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, ‘पक्राउ परेका सबै कर्मचारीले मदिरा सेवन गरेका थिए ।’

प्रहरीका अनुसार पक्राउ परेका कर्मचारीमध्ये पूर्णानन्द भट्टको दायाँ हात भाँचिएको छ । सँगै जोडिएका मालपोत र नापी कार्यालयमा कुटाकुट हुन थालेको जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट गएको टोलीले कार्यालयभित्रै बियर र रक्सीका बोतलसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा नवीन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह, सागर कुँवर र ज्ञानेन्द्र ओझा छन् । यीमध्ये नापी र मालपोतका कर्मचारी को–को हुन् भन्ने पूर्ण खुलेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य