१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश नं ३ को राजधानी सर्ने अर्थमन्त्री ढुङ्गेलको सङ्‍केत

१९ फाल्गुन २०७४, शनिबार १६:१४

फाल्गुण १९, रामेछाप ।

प्रदेश नम्बर ३ का अर्थ तथा
योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रदेशको राजधानी सर्ने सङकेत गर्नुभएको छ ।
अहिले भएका राजधानी अस्थायी राजधानी भएकाले दुईतिहाइको सहमतिमा स्थायी राजधानी
बनाउन सकिने संवैधानिक व्यवस्था रहेको उहाँले बताउनुभयो । प्रेस चौतारी नेपाल
जिल्ला शाखा रामेछापले शनिबार मन्थलीमा आयोजना गरेको एक कार्यक्रममा उहाँले यस्तो
बताउनुभएको हो ।  


 उहाँले भन्‍नुभयो -" प्रदेशको नाम र राजधानी कहाँ रहन्छ भन्‍ने विषय प्रदेश संसद बैठकले चाडै
टुङ्ग्याउँछ
" अर्थमन्त्री ढुंगेलले ३
नम्बर प्रदेशसँग गृह जिल्ला रामेछापलाई उच्च प्राथमिकतामा राखेर विकास निर्माणको
काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तीनलालको भूमी रामेछाप जिल्लाले देशको लागि बिचार दिएको बताउँदै उहाँले त्यसको
बदलामा अब रामेछापले विकास र समृद्धि पाउनु पर्ने बताउनुभयो ।

उहाँले ५ वर्ष भित्र
सबै गाउँपालिकाका केन्द्रसम्म पक्‍की बाटो
, सुक्खाग्रस्त क्षेत्रमा लिफ्ट खानेपानी र पर्यटन विकासलाई प्राथमिकतामा
राखेर काम गरिने बताउनुभयो ।  उहाँले मुलुकको
विकासका लागि सवै सकरात्मक सोचका साथ एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राख्‍नुभयो

अर्थ मन्त्री बने पश्चात गृह जिल्ला पुग्‍नुभएका ढुङ्गेललाइ जिल्लाबासीले भव्य
स्वागत समेत गरेका छन् । एमाले रामेछाप पार्टी कार्यालय र जिसस रामेछापमा समेत
उहाँलाइ स्वागत / सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह