फागुन २१,काठमाडौँ । नेपाल सिईओ समिट तथा अवार्ड २०१८ फागुन ३० गते काठमाडौंको सोल्टी होटलमा आयोजना हुने भएको छ ।
पद्मा मिडिया ग्रुप अन्तर्गत सञ्चालित विजनेस प्लस टेलिभिजन र सिईओ क्लव नेपालको संयुक्त आयोजना तथा नेपाल सरकारका अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एशोसियसन र नेपाल विमा समिति लगायतको सहकार्यमा “नेपाल सिईओ समिट तथा अवार्ड २०१८ हुन लागेको हो ।
सिईओ समिट तथा अवार्ड कार्यक्रममा १७ देशका झण्डै ३०० जना सिइओ तथा विजनेश लिडरहरु सहभागि हुने आयोजकले जनाएको छ । समिटमा बदलिंदो राजनीतिक परिस्थितिमा अब बन्ने सरकारका आर्थिक मुद्दाहरु विषयमा बहस हुनेछ । ठूला र बहुर्रािष्ट्रय कम्पनीका सफल सिइओ र नेतृत्वकर्ताले कस्ता उपाय अपनाएर व्यवसाय सञ्चालन तथा व्यवस्थापन गरिरहेको छन् भन्ने विषयमा समेत छलफल, बहस र अनुभव आदानप्रदान हुने जनाईएको छ ।
कार्यक्रमा नेपालमै पहिलो पटक अर्थ तथा ब्यवसायीक क्षेत्रमा कृयाशिल ब्यक्तिको सम्मानमा अवार्ड प्रदान गरिनेछ । बिभिन्न ६ वटा बिधामा अवार्ड प्रदान गरिनेछ । CEO OF THE YEAR0, CEO OF THE YOUNG, CEO OF THE YEAR WOMEN, CEO OF THE YEAR PUBLIC SECTOR, CEO OF THE YEAR
SME & POPULAR CEO OF THE YEAR बिधामा अवार्ड प्रदान गर्न लागिएको हो । ५ वटा बिधामा हाल जूरी कमिटीले रिसर्च तथा छनौठ कार्य गरिरहनुभएको छ, भने POPULAR CEO OF THE
YEAR का लागी भने भोटिङ्ग मार्फत छनौट गरिने भएकाले आजैबाट हामीले भोटिङ्गका लागी वेभसाइट https://nepalceosummit.com/ceopopularchoice/ मार्फत अनलाईन र एस.एम.एस. भोटिङ्ग खुल्ला गरिसकेका छौँ । यस अवार्डका लागी आएका सम्पूर्ण आवेदन (१६ जना) लाई भोटिङ्ग मार्फत छनौठ गरिने आयोजकले जनाएको छ ।