२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘गाजा बाजा’ फागुन २५ बाट देशव्यापी प्रदर्शनीमा आउने(भिडियो)

२१ फाल्गुन २०७४, सोमबार ०८:१०

फागुन २१, काठमाण्डौ | चलचित्र गाजा बाजालाई सर्वोच्च अदातलले चलचित्र चलाउन पाउने अधिकार दिएपछि अब दर्शकमाझ आउने भएको छ ।चलचित्र नाम गाजाबाजा राख्न चलचित्र विकास बोर्डले नदिएपछि एक वर्षसम्म अदालतमा मुद्दा लडेको थियो ।


गाजाबाजा अब फागुन २५ बाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र टोलीले आईतबार नारायणगढमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । लागूऔधषविरुद्धको यो फिल्मको नाम गाजा बाजा राखिएको यो नाममा फिल्म बनाउने अनुमति नदिएपछि सो नामका लागि निर्माण पक्ष अदालत पुगेको थियो ।

२५ फागुनबाट गाजाबाजा प्रदर्शनीमा आउने भएपछि निर्माण टोली यसको प्रचार प्रसारमा जुटेको छ । चलचित्रको प्रचारका लागि चलचित्र टोली मोफसल यात्रामा रहेको छ । चलचित्रलाई गणेशदेव पाण्डले लेखेका हुन् ।नामको कारण निर्माण घोषणादेखि नै विवादमा मुछिएको यो चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रका निर्देशक पाण्डेले अहिलेका तन्नेरी पुस्ताले यो सिनेमा हेर्ने पर्ने बताउँछन् ।

चलचित्रमा अनुपम शर्मा ,सुशील सिटौला, रविन थापा, उद्धव भट्टराई, अम्बर सुवेदी, वर्षा शिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ । कमेडी जनरमा निर्माण भएको निर्देशक पाण्डेले बताउनुभएको छ ।

दीपेन्द्र रेग्मी र गोमा थापा विष्टको संयुक्त लगानीमो चलचित्र तयार भएको हो । डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रत्रमा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो