२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्द चर्किदै, काठमाण्डौ संघर्ष समितिले मन्त्रालयमा पेश भएको निर्णय सार्वजानीक

२१ फाल्गुन २०७४, सोमबार १३:२०

सरोज थापा | फागुन २१, डोल्पा | डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिरोधमा सोमबार पनि दुनैमा आन्दोलन र बन्दको पूर्ण रुपमा प्रभाब परेको छ । दैनिक बन्दकर्ताहरुले दुनैमा बन्द चर्काउदै गएको छ भने बन्दले जनजिवन प्रभाबित भएको छ । 

दुनैमा दैनिक बिहान ११ बजे देखि बन्द र आन्दोलन चर्कि रहदा आइतबार काठमाण्डौमा गठन भएको संघ्रस समितिले भने नगरप्रमुख गणेशबहादुर शाहीले स्थानीय बिकास मन्त्रालयमा पेश गरेको निर्णय सार्वजानिक गरेको छ ।


ठुलीभेरि नगरपालिकाको केन्द्र दुनैबाट जुफालमा सार्नको लागि असार ३१ गते नगरसभाको पहिलो बैठकले गरेको बहुमतको निर्णयको सोमबार सार्वजानिक गरेको काडमाण्डौ संघ्रस समितिका अध्यक्ष धनिराम बुढाथोकीले जानकारि दिए । उनले भने जनताको कौतुहुल्ता मेटाउन र नगरप्रमुख गणेशबाहादुर शाहीले जालसाजीबाट केन्द्र सारेको भन्ने कुरा प्रमाणित गर्न निर्णय सार्वजानिक गरेको बताए ।


जुफालमा केन्द्र सारेको बिषयमा आन्दोलन हुनु बिरोध नभएर बिधि बिधान र बिपरित सारेको बिरोध रहेको संघ्रस समितिका सदस्यहरुले बताएका छन । उनिहरु भन्छन नगरसभामा प्रस्ताव नै नराखी मनोमानि नगरप्रमुख र कार्यकारीले निर्णय लेखेर जनप्रतिनिधिलाइ झुक्कयाएर स्थानीय बिकास मन्त्रालयमा पेश गरेको आरोप लगाएका छन । 


नगरपालिकाको केन्द्र जुफाल सार्नू कुनै अनौठो कुरा नभएको तर राती राती जनताको हित बिपरित र छलफल नै नगरि केन्द्र सारको कारण जनमतको कदर नगरेको आरोप काठमाण्डौ संघ्रस समितिका सदस्य बबिकिशोर गूरुङले बताए । उनले भने बन्द गर्दा र आन्दोलन गर्दा जनतालाइ मर्का पर्नु स्वभाबिक रहेको हुदा एक निर्णय आउन्जेल सम्म सहयोग गरिदिन सबैलाइ आग्रह गरे ।

बिभिन्न निकायबाट नगरप्रमुख संग सम्पर्क गरि वास्तवीकता बुझन खोज्दा पनि सम्पर्क बिहिन रहेकोले गणेशबहादुर शाहीको नियत गलत नै रहेकोले भुमिगत भइ बसेको दुनै आन्दोलनका संघ्रस समितिका अध्यक्ष हिक्मत शाहीले आरोप लगाए । यदि नियम र नितिसंगत केन्द्र सारीएको हो भने आफनो आधिकारीक धारणा सर्वाजनिक गरि जनतालइ न्याय दिलाउन उनले नगर प्रमुख गणेशबहादुर शाहीलाइ चेतावनी दिए ।


दुनैमा १६ गते साझ देखि ठुलीभेरि नगरपालिकाको केन्द्र सारेको बिरोधमा आन्दोलन र बन्दका साथै हरेक दिन साझ ७ बजे राके जुलस भै रहेको छ । तर उता जुफालका जनताले भने बन्द र आन्दोलन नगरि यदि गलत लागेको खण्डमा कानुनि बाटोबाट अघि बढ्नु पर्ने बताएका छन । जनताको हित अनुरुप नै जुफाल केन्द्र सारीएकोले जुफाल र माझफालका जनताहरु खुसि नै रहेको स्थानीयहरु बताउछन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’